याक्थुङ युवा मञ्च भक्तपुर जिल्ला गठनः अध्यक्षमा आसमती साम्सोहाङ्

 लिम्बुवान न्युज
                       

ललितपुर, २९ भदौं । भक्तभुर सुर्यविनायक नगरपालिकास्थित कटुन्जेमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आसमती साम्सोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष तथा युवा मञ्चका सल्लाहकार सागर केरुङ्को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनबाट उपाध्यक्षमा सरोज लिम्बु, सचिवमा प्रकास थलङ, सह–सचिवमा लाजिमा परा र कोषाध्यक्षमा इन्द्रकला सम्बाहाम्फे निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा हिमशिखा इङ्नाम, रविन लिबाङ, सामिक्ला थाम्सुहाङ, सुजन लिम्बू, भावना लिबाङ, रमा लावती, कृति चोङ्बाङ, कुसुम सम्बाहाम्फे, खेमराज सम्बाहाम्फे, रुद्र सम्बाहाम्फे र बसुन्धरा चोङ्बाङ निर्वाचित भएका छन् ।
मञ्चको सल्लाहकारहरुमा राम तिल्लिङ लिम्बू, दिपेन्द्र आङ्देम्बे र सुर्यकुमारी थेबे रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...