याक्थुङ युवा मञ्च भक्तपुर जिल्ला गठनः अध्यक्षमा आसमती साम्सोहाङ्

 लिम्बुवान न्युज
                       

ललितपुर, २९ भदौं । भक्तभुर सुर्यविनायक नगरपालिकास्थित कटुन्जेमा याक्थुङ युवा मञ्च जिल्ला कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आसमती साम्सोहाङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ राष्ट्रिय सदस्य तथा याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष तथा युवा मञ्चका सल्लाहकार सागर केरुङ्को प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
उक्त अधिवेशनबाट उपाध्यक्षमा सरोज लिम्बु, सचिवमा प्रकास थलङ, सह–सचिवमा लाजिमा परा र कोषाध्यक्षमा इन्द्रकला सम्बाहाम्फे निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा हिमशिखा इङ्नाम, रविन लिबाङ, सामिक्ला थाम्सुहाङ, सुजन लिम्बू, भावना लिबाङ, रमा लावती, कृति चोङ्बाङ, कुसुम सम्बाहाम्फे, खेमराज सम्बाहाम्फे, रुद्र सम्बाहाम्फे र बसुन्धरा चोङ्बाङ निर्वाचित भएका छन् ।
मञ्चको सल्लाहकारहरुमा राम तिल्लिङ लिम्बू, दिपेन्द्र आङ्देम्बे र सुर्यकुमारी थेबे रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ । प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको...

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...