अविरण बर्षाले हालसम्म १०० को मृत्यः ६७ जना बेपत्ता र १०१ जना घाइते

,   लिम्बुवान न्युज
                       


ललितपुर, १३ असोज । तीन दिनको अविरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । यस्तै प्राप्त जानकारी अनुसार ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रेमा १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ भने दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

अविरण बर्षाले गएको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि दशौं हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयले हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको जनाएको छ ।

गृहमन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै काठमाडौं उपत्यकामा क्षति भएको जनाएको छ । देशको सबै मार्गहरु क्षति भएको हुँदा बाटोमा कति पुरिएर हराईरहेका हुँदा त्यसको खोजतलास भईरहेको बताइएको छ ।

देशका मुख्य नदीहरु सप्तकोशी, नारायणी, बाग्मती, गण्डकी लगायत सबै नदीहरुले सतह पार गरी धनजनको ठूलो क्षति भएको हुँदा के कति क्षति भयो यसको विवरण अझै आउन बाँकी रहेको गृहमन्त्रालयले जनाएको छ । साथै लामो यात्रा नगर्न समेत मन्त्रालयले सबै महानुभावहरुमा अनुरोध गरेको छ ।

यसैगरी शिक्षा मन्त्रालयले एक सूचना जारी गर्दै तीन दिनसम्म विद्यालय तथा क्याम्पसहरु बन्द गर्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;