प्रवासीबाट पत्रकार सेर्मालाइ उपचारकालागि १ लाख ५८ हजार ७ सय उनासी रुपैयाँ आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ भदाैं । पाँचथरका क्यानसर पीडित अग्रज पत्रकार कविन्द्र सेर्माको उपचारको लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । सेर्माको उपचारको लागि मलेसिया र पोल्याण्डका नेपालीहरुले १ लाख ५८ हजार ७७९ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

मंगलवार कुम्मायक गाउँपालिका यासोकमा पत्रकार सेर्माका भाई कमल सेर्मालाई सहयोग रकम हस्तान्त्रण गरिएको वताइएकाे छ ।

माङजाबुङ् प्रवास मलेसियाबाट समाजसेवी अर्जुन लावतीको समन्वयमा १ लाख १ हजार २२२ रुपैयाँ संकलन भएको थियो भने पोल्याण्डबाट दिपाल र दिपेन्द्र लावतीको अगुवाईमा ५७ हजार ५५७ रुपैयाँ संकलन गरिएको  जनाइएकाे छ ।

पालिका अध्यक्ष वंमप्रसाद लावती र वडा नं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले पत्रकार सेर्माका भाइलाई संयुक्त रूपमा हस्तान्त्रण गरिएको थियो ।

पाँचथरलाइ कार्यक्षेत्र बनाएर लामाे समयदेखि पत्रकारिता गरिरहनु भएका अग्रज पत्रकार सेर्मा विगत लामो समयदेखि क्यानसर रोगबाट पीडित छन् । कमजोर आर्थिक अवस्थाका वावजुद दाताको सहयोगबाट उपचार गर्दै आउनुभएका सेर्माले सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट सहयोगको अपिल गर्दै आउनु भएको छ । उहाँको भक्तपुर क्यान्सर अस्पताल काठमाडौंमा उपचार  हुदै आएकोमा हाल थप उपचार भारतमा भइरहेकाे छ  ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...