प्रवासीबाट पत्रकार सेर्मालाइ उपचारकालागि १ लाख ५८ हजार ७ सय उनासी रुपैयाँ आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

ललितपुर, १८ भदाैं । पाँचथरका क्यानसर पीडित अग्रज पत्रकार कविन्द्र सेर्माको उपचारको लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । सेर्माको उपचारको लागि मलेसिया र पोल्याण्डका नेपालीहरुले १ लाख ५८ हजार ७७९ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

मंगलवार कुम्मायक गाउँपालिका यासोकमा पत्रकार सेर्माका भाई कमल सेर्मालाई सहयोग रकम हस्तान्त्रण गरिएको वताइएकाे छ ।

माङजाबुङ् प्रवास मलेसियाबाट समाजसेवी अर्जुन लावतीको समन्वयमा १ लाख १ हजार २२२ रुपैयाँ संकलन भएको थियो भने पोल्याण्डबाट दिपाल र दिपेन्द्र लावतीको अगुवाईमा ५७ हजार ५५७ रुपैयाँ संकलन गरिएको  जनाइएकाे छ ।

पालिका अध्यक्ष वंमप्रसाद लावती र वडा नं. १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले पत्रकार सेर्माका भाइलाई संयुक्त रूपमा हस्तान्त्रण गरिएको थियो ।

पाँचथरलाइ कार्यक्षेत्र बनाएर लामाे समयदेखि पत्रकारिता गरिरहनु भएका अग्रज पत्रकार सेर्मा विगत लामो समयदेखि क्यानसर रोगबाट पीडित छन् । कमजोर आर्थिक अवस्थाका वावजुद दाताको सहयोगबाट उपचार गर्दै आउनुभएका सेर्माले सामाजिक संजाल लगायत विभिन्न माध्यमबाट सहयोगको अपिल गर्दै आउनु भएको छ । उहाँको भक्तपुर क्यान्सर अस्पताल काठमाडौंमा उपचार  हुदै आएकोमा हाल थप उपचार भारतमा भइरहेकाे छ  ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...