याक्खा छुम्मा युकेको १७ औँ बार्षिक भेला सम्पन्न

 लिम्बुवान न्युज
                       

लण्डन । गत वर्ष अन्तिम समयमा आएर स्थगित भएको किरात याक्खा छुम्मा युकेको बार्षिक भेटघाट कार्यक्रम यो वर्ष भने भव्यताका साथ सम्पन्न भएको छ । ३० अगष्ट २०२५ का दिन भएको कार्यक्रम आस्फोर्ड, केन्टस्थित सिमोन चर्च हलमा सम्पन्न भएको हो ।

याक्खा छुम्मा युकेका अध्यक्ष वुद्विराज लिम्बुखिमको अध्यक्षतामा आयोजित कार्यक्रममा छुम्मा केन्द्रिय अध्यक्ष भूपाल सिंह जिमी प्रमुख अथिति रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिमीले आफ्नो युकेको पहिलो यात्रामा नै ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

उनले यूकेको व्यस्त जीवनका वाबजूद भव्य कार्यक्रम आयोजना गरेकोमा किरात याक्खा छुम्मा यूकेको सराहना गरे । ‘पूर्खाहरुले जोगाएर राखिदिएको हाम्रो मौलिक हक अधिकार हालको परिप्रेक्ष्यमा राज्यसत्ताबाट दिनानुदिन क्षय गर्ने कार्य भइरहेको छ । यसका बिरुद्व छुम्मा डटेर लागि रहेको छ’, जिमीले भने ।

छुम्मा युकेका उपाध्यक्ष सन्तराज पाम्फूले स्वागत गरेको कार्यक्रममा महासचिव रामकृष्ण जिमिले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हेल्थ एण्ड सेफ्टिको ब्रिफिङ गराएका थिए । सचिव राजकुमार खायाखिमले अनौपचारिक कार्यक्रम सन्चालन गरेका थिए ।

शिवचन्द खाम्याङको संयोजकत्वमा आयोजना गरिएको कार्यक्रमामा धनकुमारी कोम्फे याक्खालाई संस्थाप्रति पुर्याएको योगदानको कदर गर्दै कदरपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै विभिन्न विश्वविद्यालय बाट अध्ययन पूरा गर्ने याक्खा परिवारका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै भरखरै संस्थाको आजीवन र नयाँ सदस्यता लिने सबै सदस्यहरुलाई खादा ओडाएर स्वगात गरिएको थियो । रामकृष्ण , शीवचन्द , श्री, नेत्र, दिलिप, हेमराज ,धनकुमारी , सबिना,सजना र इशा याक्खाले जातीय संस्कार र संस्कृति झल्काउने केई लाक (च्याब्रुङ नाच) प्रस्तुत गरेका थिए भने याक्खा जातिको मौलिक साङराङदाङ्मा (डोकेनी नाच) समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा कला चेम्जोङ र अमृत गुरुङले आफ्नो गायन प्रस्तुति मार्फत सबैलाई मन्त्रमुग्ध बनाएका थिए भने सेमिका,आसिका, सोफिया , रविन, आशिष, गुल्सनलगायतले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राइफल ड्रले थप रोमाञ्चकता थपेको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...