चुम्लुङले लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रति सधै असहमति जारी राख्ने

 लिम्बुवान न्युज
                       

ललितपुर, ३ असोज । किरात याक्थुङ चुम्लुङले लिम्बुवान सुनिश्चितताबिनाको संविधानप्रति सधै असहमति रहने बताएको छ । चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले आज एक विज्ञप्ति जारी गर्दै असहमति रहेको बताएका हुन् ।

विज्ञप्तिमा गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सहादत प्रप्त गर्नुभएका महान् सहिदहरू प्रति श्रद्धाञ्जी अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको उल्लेख छ ।

ऐतिहासिक पृष्ठिभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य सुनिश्चितता अपरिहार्य हुँदाहुँदै पनि यसलाई लत्याउँदै षडयन्त्रमूलक तरिकाले जबरजस्ती जारी गरिएको नेपालको संविधान २०७२ प्रति हाम्रो असहमाति जारी अध्यक्ष यक्तेनले उल्लेख गरेका छन् ।

संविधान जारी भएको एक दश भएको छ तर सोहि दिनदेखि आम याक्थुङ÷लिम्बुहरूको लिम्बुवान सुनिश्चितता विनाको संविधानप्रतिको असमति जारी रहेको बताएका छन् ।

विज्ञप्तिमा प्रदेश नं. १ को नाम एकलजातीय राज्यले षडयन्त्रकारी, अलोकतान्त्रिक प्रक्रियाबाट गोत्रीय कोशी नाम राखिएकोमा सो नाम खारेज गरेर लिम्बुवान, किरात वा यो नाम सहित पहिचानको आधारमा पुनः नामाकरणको माग राख्दै शसक्त आन्दोलन गरेको र गरिरहने बताइएको छ ।

जेनजी आन्दोलनले भ्रष्टचार, सामाजिक सञ्जाल बन्द विरुद्ध र शुसासनका कायम गरियोस् भन्ने आन्दोलनबाट भ्रष्टचारका नाइकेहरुलाई सत्ताच्यूत गर्न सफल भएको साथै आन्दोलनका क्रममा राज्यको संरचना ध्वस्त भएको र निजी सम्पत्तिमा समेत क्षति पुगेको प्रति कियाचूले दुःख व्यक्त गरेको छ ।

पहिचानको आधारमा राज्यको पुनः संरचना निर्माण गर्दै संविधानका विभेदकारी प्रावधानहरु खारेज गरी संविधानको पुनःलेखन मार्फत संशोधन नभएसम्म कियाचू निरन्तर आफ्नो असहमति जारी राख्दै आन्दोलित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

सम्बन्धित समाचार

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...