आठाैं बेलबारी अन्तराष्ट्रिय रनिङ गोल्डकप हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ, ७ असोज ।  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित आठौं बेलबारी आरजु राईस मेजर स्व. एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप असाेज २६ गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुने भएको छ ।
मंगलबार आयाेजक एल एक्स सिटि फुटबल क्लबले खेलमैदानमा आयाेजना गरेकाे पत्रकार सम्मेलन साे बारे जानकारी दिएकाे हाे ।
स्थानीय प्रस्तावित रङ्गशाला लक्ष्मी खेल मैदानमा हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीको सहभागिता रहने आयोजक एल एक्स सिटी फुटबल क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । उक्त प्रतियोगितामा नेपालका आयोजक एल एक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाईज युनाईटेड ललितपुर, बि डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाईज युनाईटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर, र भारतकाे लिजेण्ड फुटबल एकेडेमी रहने आयोजक समितिले जनाएको छ ।
बेलबारी नगरपालिका मुख्य सहयाेगी, आरजु राईस मिल मुख्य प्रायोजन र टुबाेर्ग प्रायाेजक रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पुरस्कार रहेकाे क्लबका महासचिव शम्भु बस्नेतले जानकारी दिनुभयाे ।
त्यस्तै सर्वउत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोल्ड किपरले ११ हजार रुपैयाँ, उत्कृष्ट कोचले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ, उदयीमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने हरेक खेलमा म्यान अफ द म्याच खेलाडिलाई ७ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आयाेेजकले जनाएकाे छ ।
खेल सम्पन्न गर्न ६३ लाख ७८ हजार रुपैया लाग्ने अनुमान गरिएकाे छ भने आम्दानि ७२ लाख १ हजार संकलन गर्ने लक्ष्य राखिएकाे आर्थिक समिति संयाेजक शिवकुमार राईले जानकारी दिनुभयाे । एल. एक्स. सिटि फुटबल क्लबका अध्यक्ष बिक्रम राईकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, फुटबल अभियन्ता तथा पुर्व राष्ट्रिय खेलाडी दिलिप राई, माेरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिव बुढाथाेकि लगायत क्लबका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
३ केजि चादि र डेढ ताेला सुन जडित ८ लाख बराबरकाे ट्रफि जित्न कुनै एक फुटबल क्लबले लगातार ३ बर्ष साे प्रतियाेगिताकाे उपाधी विजेता बन्नु पर्नेछ । लक्ष्मीमार्ग निवास पाेपिराज राई र ज्याेतिराज राईले आफ्नाे स्वर्गीय बुबा मेजर एन.बी. राईकाे स्मृतिमा रनिङ गाेल्डकपकाे साैजन्य गर्नु भएकाे हाे ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...