अर्थमन्त्रालयले गर्याे ‘भौतिक पुननिर्माण कोष’मा रकम जम्मा गर्न अपिल

 लिम्बुवान न्युज
                       

काठमाडाैं, ८ असाेज । अर्थ मन्त्रालयले गत भदौ २३ र २४ गते देशभर आगो दन्केर भएको भौतिक पूर्वाधार निर्माणको लागि भन्दै सहयोगको याचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार शाखाको खाताको क्यूआर कोड दिएर सहयोगको अपिल गरेकाे हाे ।

बाणिज्य बैंककाे खाता नम्बर १९६०१००१०२०७०००४ रहेको छ । मन्त्रालयले सहयोग गर्नेलाई करमा सहुलियत दिने पनि उल्लेख गरेकाे छ ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंक प्रसाद पाण्डेयले एक सूचना जारी गर्दै, ‘यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको  चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन, खर्च कट्टी गर्न पाइनेछ ।’ उल्लेख गरेका छन् ।

सरकारले देशभर जलेका भौतिक संरचना बनाउन जनताबाट रकम उठाएको कोषको नाम ‘भौतिक पुननिर्माण कोष’ राखिएको जनाएकाे छ ।

हेर्नुहाेस् सूचनाः

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...