दमक, १४ असाेज । मुन क्रियसनसंगको सहकार्यमा चुलाचुली रंगमञ्च इलामद्वारा प्रस्तुत नाटक ‘उर्फ दारासिङ’को सोमबार औपचारिक समापन गरिएको थियो । काठमाडाैंस्थित मण्डला नाटकघरमा अपार सफलतापछि झापामा याे नाटक दाेस्राे पटक देखाइएकाे हाे ।
झापाकाे कमलकाे लखनपुरस्थित रिभर भ्यु रिसोर्टमा १२औँ दिन तथा १७ औं शो पश्चात् नाटक समापन गरिएको कार्यक्रमका सऺयोजक बिक्रम वनेम फागोले बताउनु भयाे ।
नाटकका मुख्य पात्र कर्ण हाङ केरुङ उर्फ दारासिङले भाषा, संस्कृति र समुदायको लागि खेलेको भुमिकालाई सकारात्मक तर्फबाट प्रस्तुत गरिएको थियो ।

पुर्वी पाँचथर, इलाम र झापामा सरकारले सट्टा भर्ना र झोडा फडानीको नाममा नागरिक माथी गरेको दमन र समुदाय प्रती गरेको रणनीतिक व्यबहारलाई नाटकले प्रहार गरेको छ ।
असोजको २ गते देखि मञ्चन सुरु गरिएको नाटकलाई सुमन लिङ्देनले लेखेका हुन् भने नाटकको परिकल्पना तथा निर्देशन चेतन आङ्थुपोले गरेका हुन् भने सह-निर्देशनमा रुपेश लामाले गरेका हुन् ।
१ घण्टा २० मिनेटको समयावधि रहेको नाटकमा लगभग २ दर्जन कलाकार ( प्राविधिक सहित ) ले भुमिका निर्वाह गरेका छन् ।
नाटक समापनमा राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । लिङ्देन आफैले प्रत्यक्ष रुपमा देखेको, भोगेको कथालाई यसरी नाटकको रुपमा हेर्न पाउँदा खुसी भएको बताएका छन् ।