सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन

 लिम्बुवान न्युज
                       

एजेन्सी।  विश्व प्रसिद्द् दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षकाे उमेरमा निधन भएको छ ।

फाइल तस्बिर : रोयटर्स

सामसुङले एक शाेक वक्तव्य जारी गर्दै अध्यक्ष लीको मृत्यु भएको जनाएकाे छ । ली लामो समयदेखि अस्वस्थ्य भइ अस्पतालमा उपचाररत थिए । ६ वर्षअघि हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अनुपस्थितिमा उनका छोरा ली जेई योङले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सन् १९४२ मा जन्मिएका लीले आफना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।

बुवा ली ब्युङ चुलको चाउचाउको व्यापारलाई विस्तार गर्दै ली कुन हीले इलेक्ट्रोनिक्स सामानको समेत उत्पादन गर्दै सामसुङलाई विश्वव्यापी बनाएका थिए । अहिले सामसुङ स्मार्टफोन, टेलिभिजन र मेमोरी चिफ निर्माणमा विश्वकै अग्रणी कम्पनी मानिन्छ ।

सन् २००५ मा टाइम म्यागजिनले लीलाई विश्वकै सय जना प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो । उनका एक छोरा र दुई छोरी रहेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...