केचनकवलमा उदाउँदो बाल प्रतिभा –सञ्जीव गन्दर्भ

,   लिम्बुवान न्युज
                       

दमक। झापाको दक्षिणमा अवस्थित भारतसँग सिमाना जोडिएको नेपालकै होचो स्थानको रुपमा चिनिएको ऐतिहासिक नाम हो कचना । स्थानीय निकाय निर्माणको क्रममा साविक घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरुलाई जोडेर कचनकवल गाउँपालिका बनाइएको छ । १०९.४५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ । गाउँपालिकामा कूल जनसंख्या ४२ हजार ९ सय १२ रहेको पछिल्लो तथ्याङ्क पाइन्छ । यो पालिका भारतसँग जोडिएको छ ।

मुख्य भाषा राजवंशी, मुसलमान, ब्राम्हण, क्षेत्री, गनगाई यहाँका मुख्य जातीहरु हुन् भने आदिवासी जनजाति दलितहरुको पनि बसोबास रहेको यो गाउँपालिकाको मुख्य भाषा राजवंशी हो ।

यस गाउँपालिकाको वडा नं. २ मा करिब ४१ घर लोपोन्मुख जाती गन्दर्भहरुको बसोबास रहेको पाइन्छ । त्यहाँ जन्मिएका एउटा प्रतिभा हुन् सञ्जीव गन्दर्भ । उमेरले १६ काटेर १७ लाग्दै गरेका उनी सारांगी बजाउन र गीत गाउँनमा अब्बल देखिन्छ । हाल कक्षा ९ मा अध्ययनरत भाईको गलाले जो कसैलाई पनि मोहित पार्न सक्छ । भविष्यमा एक सफल गायक र संगीतकार बन्ने धोको उन्को रहेको छ ।

                                         सञ्जीव गन्दर्भ

झापाको कचनकवलबाट बिहानीको बस चढेर कहिल्यै धनकुटा, कहिल्यै धरान, बिराटनगर, इटहरी हुँदै झापाको सबै स्थानहरुमा आफ्नो सारथी सारांगी बोकेर गीत गाउँदै हिड्नु पर्दा मनभित्रका पिढा र बोझ अलिकति पनि घटेको महसुस गर्ने सञ्जीवले भारतको खर्साङ्, दार्जिलिङ्, सिलीगुढी लगायतका ठाउँमा समेत आफ्नो गायकी प्रतिभा पस्केको बताउँछन् ।

उनका बुबा पनि आफै जस्तै सारंगी बोकेर आर्थिक जोहो गर्दै घरको हातमुख जोड्ने काम गरिरहेको बताउने गन्दर्भ भाईले आफू भने यसलाई पार्ट जबको रुपमा उपयोग गरेको बताउँछन् । स्कुल विदाको समय अथवा फुर्सद भयो कि सारांगी बोकेर निस्किहाल्छु भन्छन् । एकतिर पैसा पनि हुने अर्को तिर आफ्नो प्रतिभालाई निरन्तर निर्खान पनि पाईने उन्नको भनाई छ । हाल गन्दर्भहरुले पेशा परिवर्तन गरिरहेको समेत उनको तर्क छ । विशेषत अहिलेको नयाँ पुस्ताहरुले शिक्षासँगै वैदेशिक रोजगारीमा जान थालेपछि आफ्नो पूर्खौली पेशा छोड्दै लगेको बताउँछन् । हाल २० देखि २२ जना मात्रै यो पेशा अंगालेर यसरी हिडिरहेका छन् बाँकी सबै अन्य विभिन्न पेशामा आबद्ध भएको बताउँछन् । यसरी घुमेर सारांगी बजाएर सडकपेटीमा मागेर मात्र गुजारा चल्न गाह्रो भएपछि अन्य पेशा अपनाउन थालेको उनले बताए ।

आफू १० बर्षको हुँदा देखि सारांगी बजाउन सिकेका सञ्जीवले अहिले यसरी सारांगी बोकेर हिड्न थालेको ७ बर्ष जति भयो । उनको स्वरमा माधुर्यता छ भने भोलिको दिनमा अवसर पाउँदा गाउँन सक्ने क्षमता अब्बल देखिन्छ ।

उनको स्वरले जो कसैलाई पनि मन्त्रमुग्ध बनाउन सक्छ । कलाकारितामा उदाउँदो नेपालकै होचो स्थानमा जन्मिएका भाईको उच्च कद मिलोस् सफलताको शुभकामना ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;