केचनकवलमा उदाउँदो बाल प्रतिभा –सञ्जीव गन्दर्भ

 लिम्बुवान न्युज
                       

दमक। झापाको दक्षिणमा अवस्थित भारतसँग सिमाना जोडिएको नेपालकै होचो स्थानको रुपमा चिनिएको ऐतिहासिक नाम हो कचना । स्थानीय निकाय निर्माणको क्रममा साविक घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी र बालुवाडी गाविसहरुलाई जोडेर कचनकवल गाउँपालिका बनाइएको छ । १०९.४५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिकालाई ७ वटा वडाहरुमा विभाजन गरिएको छ । गाउँपालिकामा कूल जनसंख्या ४२ हजार ९ सय १२ रहेको पछिल्लो तथ्याङ्क पाइन्छ । यो पालिका भारतसँग जोडिएको छ ।

मुख्य भाषा राजवंशी, मुसलमान, ब्राम्हण, क्षेत्री, गनगाई यहाँका मुख्य जातीहरु हुन् भने आदिवासी जनजाति दलितहरुको पनि बसोबास रहेको यो गाउँपालिकाको मुख्य भाषा राजवंशी हो ।

यस गाउँपालिकाको वडा नं. २ मा करिब ४१ घर लोपोन्मुख जाती गन्दर्भहरुको बसोबास रहेको पाइन्छ । त्यहाँ जन्मिएका एउटा प्रतिभा हुन् सञ्जीव गन्दर्भ । उमेरले १६ काटेर १७ लाग्दै गरेका उनी सारांगी बजाउन र गीत गाउँनमा अब्बल देखिन्छ । हाल कक्षा ९ मा अध्ययनरत भाईको गलाले जो कसैलाई पनि मोहित पार्न सक्छ । भविष्यमा एक सफल गायक र संगीतकार बन्ने धोको उन्को रहेको छ ।

                                         सञ्जीव गन्दर्भ

झापाको कचनकवलबाट बिहानीको बस चढेर कहिल्यै धनकुटा, कहिल्यै धरान, बिराटनगर, इटहरी हुँदै झापाको सबै स्थानहरुमा आफ्नो सारथी सारांगी बोकेर गीत गाउँदै हिड्नु पर्दा मनभित्रका पिढा र बोझ अलिकति पनि घटेको महसुस गर्ने सञ्जीवले भारतको खर्साङ्, दार्जिलिङ्, सिलीगुढी लगायतका ठाउँमा समेत आफ्नो गायकी प्रतिभा पस्केको बताउँछन् ।

उनका बुबा पनि आफै जस्तै सारंगी बोकेर आर्थिक जोहो गर्दै घरको हातमुख जोड्ने काम गरिरहेको बताउने गन्दर्भ भाईले आफू भने यसलाई पार्ट जबको रुपमा उपयोग गरेको बताउँछन् । स्कुल विदाको समय अथवा फुर्सद भयो कि सारांगी बोकेर निस्किहाल्छु भन्छन् । एकतिर पैसा पनि हुने अर्को तिर आफ्नो प्रतिभालाई निरन्तर निर्खान पनि पाईने उन्नको भनाई छ । हाल गन्दर्भहरुले पेशा परिवर्तन गरिरहेको समेत उनको तर्क छ । विशेषत अहिलेको नयाँ पुस्ताहरुले शिक्षासँगै वैदेशिक रोजगारीमा जान थालेपछि आफ्नो पूर्खौली पेशा छोड्दै लगेको बताउँछन् । हाल २० देखि २२ जना मात्रै यो पेशा अंगालेर यसरी हिडिरहेका छन् बाँकी सबै अन्य विभिन्न पेशामा आबद्ध भएको बताउँछन् । यसरी घुमेर सारांगी बजाएर सडकपेटीमा मागेर मात्र गुजारा चल्न गाह्रो भएपछि अन्य पेशा अपनाउन थालेको उनले बताए ।

आफू १० बर्षको हुँदा देखि सारांगी बजाउन सिकेका सञ्जीवले अहिले यसरी सारांगी बोकेर हिड्न थालेको ७ बर्ष जति भयो । उनको स्वरमा माधुर्यता छ भने भोलिको दिनमा अवसर पाउँदा गाउँन सक्ने क्षमता अब्बल देखिन्छ ।

उनको स्वरले जो कसैलाई पनि मन्त्रमुग्ध बनाउन सक्छ । कलाकारितामा उदाउँदो नेपालकै होचो स्थानमा जन्मिएका भाईको उच्च कद मिलोस् सफलताको शुभकामना ।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...