किरणकाे निर्देशनमा दयाहाङ र विमलाकाे अभिनय रहेकाे “आउन माया” भिडियाे सार्वजनिक
शनिबार, १५ कार्तिक, २०७७ दिउँसोको ०१:३५ बजे,
लिम्बुवान न्युज
दमक। युवा पुस्ताका सफल निर्देशक किरण चाम्लिङ राईको निर्देशनमा रहेको “आउन माया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नाटकहरुको सफल निर्देशन गरी चम्किएका किरणको हाल म्यूजिक भिडियो निर्देशनमा पनि उत्तिकै दख्खल भएको प्रमाण पछिल्लो एक पछि अर्को नेपाली गीतहरू भिडियाेले ल्याइरहेको देखिन्छ । त्यसमा शनिबार अाउन माया बाेलकाे गीत सार्वजनिक भएको हाे ।
टुवेल्भ नोट्स नामक युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको उक्त गीतमा हरि लम्सालको शब्द तथा संगीत रहेको छ । लम्सालकै एरेन्जमा बनेको गीतलाई गायक सुमन राई र गायिका मेलिना राईले स्वर दिएका छन् ।
भिडियोमा चचिर्त राष्टिय कलाकार दयाहाङ राई र मोडल बिमला खजुमलाई प्रेमी जोडीको रुपमा देख्न सकिन्छ । भुपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । इलाम र झापाकाे संगम स्थल चपेटी, रतुवा खाेला वरिपरि छायांकन गरिएकाे गीतलाइ निर्देशक राइले वियाेगान्त कथामा उत्कृष्ट ढंगबाट पस्केका छन् ।
धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...
धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...
ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...
ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...