डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

 लिम्बुवान खबर
                       

१९ औं दिनसम्म केसीको अनशनप्रति सरकारको बेवास्ता

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे ।

भेटमा डा. यादवले केसीलाई महात्मा गान्धीसँग तुलना गरे । ‘सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको छ’ उनको भनाइ थियो ।

डा. यादवले केसीसँग अनशनमा विगतमा जस्तै ऐक्यवद्धता जनाउन आएको जानकारी गराए । डा. यादवलाई उधृत गर्दै डा. केसीका सहयोगी सञ्जीव कार्कीले भने, ‘सरकारले माग पूरा गरेर राष्ट्रको अमूल्य सम्पत्ति डा. केसीलाई बचाउनुपर्छ ।’

करिव ७ मिनेट केसीसँगको भेटघाटमा बिताएका डा. यादवले उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । डा. केसीले बोल्न नसके पनि हात उठाएर पूर्वराष्ट्रपतिलाई धन्यवाद दिएका कार्कीले बताए । पूर्वराष्ट्रपति बोल्दै गर्दा डा. केसीका आँखा पिल्पिलाएका थिए ।

डा. केसीको उपचारको लागि सरकारलाई गम्भीर भएर सोच्न पनि डा. यादवले आग्रह गरे । अहिलेसम्म डा. केसीले सलाइन पानी बाहेक कुनै पनि औषधी र उपचार लिन मानेका छैनन् ।

शुक्रबार नै डा. केसीलाई भेट्न पूर्वमन्त्री दीपक बोहरा पनि पुगेका थिए । डा. केसीको अनशनको शुक्रबार १९ औँ दिन हो । छ बुँदे माग राखी जुम्लाको चन्दननाथ–६, बाबिरामस्टा मन्दिरको धर्मशालाबाट २९ भदौमा सत्याग्रह शुरु गरेका डा. केसी गत ६ असोजमा काठमाडौंस्थित टिचिङ अस्पतालको ५०१ नम्बर कोठामा अनशनरत छन् ।

सरकारले भने अहिले अनशन बस्ने समय नभएको भन्दै फिर्ता लिन डा. केसीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका थिए ।

डा. केसीका कतिपय माग पूरा भएको र कतिपय विषयमा पछि पनि छलफल गर्न सकिने भन्दै उनले अहिले अनशन बस्न उपयुक्त समय नभएको जिकिर गरेका थिए । अनशनको १९ औं दिनसम्म सरकारले केसीको मागबारे छलफल गर्ने र अनशन अन्त्यका लागि औपचारिक पहल गरेको छैन । (Onlinekhabar)

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...