शहिद माङ्तोक दिवसमा लिम्बुवानले नौ जिल्लामा श्रद्धाञ्जलि सभा गर्दै

 लिम्बुवान खबर
                       

दमक।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चले आज राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे माङ्तोकको तेह्राऔं स्मृति दिवस नौ जिल्लामा विभिन्न स्थानहरुमा श्रद्धाञ्जलि सभा गर्दै मनाउने जनाएको छ ।

२०६४ असोज २० गते पूर्ण ऐतिहासिक संविधानसभाको चुनाव समानुपातिक पद्दतीले गर्नु पर्ने, अरुण पूर्व नौ जिल्ला ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य स्थापना गरिनु पर्ने माग राखी गरिएको आन्दोलनको क्रममा शहिद माङ्तोकले शहादत्त प्राप्त गरेको मञ्चका महासचिव अशोक चेम्जोङ्ले बताएका छन् ।

आधुनिक लिम्बुवान आन्दोलनका शहिदले चिनिने माङ्तोक र विद्यार्थी राष्ट्रिय शहिद मनिल तामाङ्हरुको स्मृतिमा नेपाल सरकार संस्था दर्ता ऐन अनुसार “शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठान” संस्था संचालन गरि नौ जिल्लामा क्रियासिल भएको प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले जनाएका छन् । आज प्रतिष्ठानले शहिद माङ्तोकको निर्माणाधिन शालिकको मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’को हातबाट अनावरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव लावतीले बताए ।

सम्बन्धित समाचार

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...

आदिवासी जनजाति ‘पैसाले किन्न’ र ‘विक्न सक्ने वर्ग’ हुन भन्ने सोविता गौतमलाई २४घण्टामा माफी माग्न माग

ललितपुर, १९ फाल्गुन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा चितवन क्षेत्र न.३ की प्रत्येक्ष उम्मेदवार सोविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार महासंघले जारी गरेको...

मुक्कुमलुङ संरक्षण, केवलकार खारेजी र नो कोशीमा प्रतिबद्धता नजनाउने दल तथा उम्मेदवारलाई मत नदिन अपिल

ललितपुर, १७ फाल्गुन । प्रदेश नं. १ मा रहेको पहिचान पक्षधरहरुले मुक्कुम्लुङ संरक्षण, कोशी नाम खारेजी तथा मुक्कुम्लुङ क्षेत्रमा प्रस्तावित केवलकार परियोजनाको विरोध गर्दै दल तथा उम्मेदवारलाई मत नदिन मतदातासँग अपिल गरेका छन् । शनिबार...

संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापितः संयोजकमा चेम्जोङ्

ललितपुर, १६ फाल्गुन । संयुक्त पहिचानवादी मोर्चा पुनःस्थापित भएको छ । मोर्चाले शनिबार पुनःगठन भएको घोषणा गर्दै आठबुँदे कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले विज्ञप्ति जारी गर्दै २९ सदस्यीय नयाँ कार्यक्रम समिति गठन गरेको जनाएको...