दमक नगर प्रमुख ओलीसहित एक वडाध्यक्षलाई संक्रमण

 लिम्बुवान खबर
                       

दमक । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित दमकका एक वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आज आएको पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । उनकी श्रीमती लिला ओलीमा भने एक दिन अघि नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उनका छोरा अनिलमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


स्वास्थ्य शाखा स्रोतका अनुसार दमकका एक महिलासहित चार जनाको रिपोर्ट पोजेटिभ आएको छ ।यसैवीच नगरपालिकाका पदाधिकारीमा कोरोनाको संक्रमण देखिएपछि दमक नगरपालिका र सबै वार्ड कार्यालयहरु आजदेखि असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।

नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाका उपसचिव दिनेशकुमार न्यौपानेद्धारा आज जारी सूचनामा सो उल्लेख छ ।

उता श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि होम क्वारेन्टाईनमा रहेका झापा,गौरादह नगर पालिकाका प्रमुख रोहितकुमार साहको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आफ्नाे कोरोना रिपोर्ट नेगेटिभ आएको नगर प्रमुह सााहले जानकारी दिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...