राष्ट्रिय शहिद माङ्तोकको शालिक अनावरण

 लिम्बुवान खबर
                       

चुलाचुली। राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक इलामको चुलाचुली १, कमल तेह्रौं माङ्तोक स्मृति दिवसको अवसरमा आज अनावरण गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा शालिकको अनावरण भएको छ ।

प्रमुख अतिथि लिङ्देनले लिम्बुवान आन्दोलनको क्रममा ऐतिहासिक पहिलो संविधानसभाको चुनाव पूर्णसमानुपातिक प्रणालीद्वारा गरिनु पर्छ भन्ने आन्दोलनको क्रममा ९० घण्टा लामो कर्फूको क्रममा गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बेको रगतलाई सुक्न नदिने बताएका छन् । संघीयता भनेको नै पहिचानको आधारमा हुन्छ त्यो प्रश्न गर्नुको कुनै अर्थ नभएको वताउनु हुँदै संविधान धेरै मान्छौ धेरै मान्दैनौ पनि अध्यक्ष लिङ्देनले प्रष्ट पारे । विभिन्न बस्तुहरुको उदाहरण दिदै लिङ्देनले संघीयतामा जाने फेरि पहिचानलाई रोक्ने भनेको त्यहाँ ठूलो विद्रोह हुन्छ, हामी जनतालाई दुःख दिन चाहादैनौं बरु सदनमा गएर सभामूख या प्रधानमन्त्रीलाई कुर्सी हान्ने बताए । अध्यक्ष लिङ्देनले अबको संघको चुनावमा कम्तिमा चालीसपचास जनाभन्दा धेरै संसद पठाउने गरी ७७ वटै जिल्लामा मञ्चलाई पु¥याउने लक्ष्य रहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले शालिक निर्माणमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । शालिक निर्माण गर्नु र राष्ट्रिय शहिद प्राप्त गर्नु यो साधारण कुरा होईन कसैले नचाहँदा नचाहँदै शहिद हुनु शहिद भनेको परिवर्तनको निमित्त, राष्ट्रियता प्राप्तिको निमित्त जिवन बलिदानी गर्नु नै शहिद बन्नु भएको हुँदा शहिद माङ्तोक मनिलको सपना पुरा गर्ने अठोठका साथ प्रतिष्ठान स्थापना भएको गुरुङ्ले बताए ।

आजको उक्त कार्यक्रममा मञ्चका केन्द्रीय नेताहरुको बाकुलो उपस्थिति रहेको थियो । आजै कमल गाउँपालिका सानो केर्खा स्थित शहिद राजकुमार आङ्देम्बे माङ्तोकको समाधिस्थलमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको छ । त्यसैगरी समाधिस्थल पूर्वको खाली जग्गामा “राष्ट्रिय शहिद माङ्तोक मनिल स्मृति पार्क”को बोर्ड राखी उक्त वोर्डको मञ्चका अध्यक्ष र बरिष्ठ उपाध्यक्षज्यूहरुको हातबाट बोर्डको उद्घाटन समेत गरिएको प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले बताए । 

शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानको पहलमा २०७४ सालमा नै माङ्तोकको शालिक बनाउने भनी शहिद माङ्तोक शालिक निर्माण समिति निर्माण गरेको थियो ।

शालिक निर्माण समितिको पहलमा विभिन्न व्यक्तिहरुबाट करिब १४ लाख रकम संकलन गरी उक्त शालिक निर्माण गरिएको हो ।

आजका दिन संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति, ताप्लेजुङ्, पान्थर, इलाम, झापा, सुनसरी लगायतका विभिन्न जिल्लाहरुमा १३अाै स्मृति सभा मनाएको जनाएको छ ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...