झापाको कमल गा.पामा लिम्बुवान भोलेन्टियर्स उपफिल्ड कमाण्डर गठन

 लिम्बुवान खबर
                       

कार्यक्रममा संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघिय लिम्बुवान मञ्च , नेपाल अंतर्गत लिम्बुवान भोलेन्टियर्सको समन्वयमा केंद्रीय उपकमाण्डर कमल इंचार्ज बसन्त राज योङहाङको संयोजत्वमा कमल मञ्चका अध्यक्ष असोक राईको अध्यक्षता प्रमुख अतिथि मञ्चका केंद्रीय सचिब तथा केंद्रीय L.V प्रबक्ता राजु राईको उपस्थितमा उपफिल्ड कमाण्डर नियुक्ति गरिएको छ ।

प्रमुख अतिथि प्रबक्ताले भने हाम्रो आन्दोलन जब सम्म लिम्बुवान प्राक्त हुदैन जब सम्म लड़ी रहने छौ । हामी संगठन विस्तार सबै क्षेत्र ,ठाऊँ सम्पूर्ण समुदायहरुलाई बुझाउनु पर्दछ र हामी आफै पनि सक्षम बन्नू पर्ने र कमाण्डमा हुने पर्ने गुण अनुशासन रहेर पार्टीको विधान L.V विनिमय अनुरूप पालना गर्नु पर्ने बताए । हिजो असोज २० राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक १३ औ माङ्तोक स्मृति दिवसको अवसरमा इलामको चुलाचुलीमा शालिक अनावरण गरिएको थियो । हाम्रो आन्दोलन क्रममा लिम्बुवान शहिद हुनुभएका राजकुमार आङ्देम्बेको रगतलाई सुक्न नदिने बताउनु भयो ।

उक्त कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स पद नियुक्ति ४ उपफिल्ड कमाण्डरहरु आस बहादुर केरुङ , संतोष लिम्बू , नवराज राई , विजू थेबे कमाण्डरहरुलाई केंद्रीय कमाण्डर प्रबक्ता राजु राईको हातबाट नियुक्ति पत्र हस्तांतरण गरिएको छ भने सीनियर सिभिल ३ कमाण्डरहरु राज माबो , सन्दीप मेनाङम्बो , अम्बर लिम्बू र सिभिल कमाण्डर संजीब लिम्बू कमाण्डरहरुलाई नियुक्ति पत्र हस्तांतरण विशिष्ट अथिति केंद्रीय सचिवालय सदस्य बल नाथ नाल्बोको हातबाट गरिएको छ ।

कार्यक्रममा मंतव्य अथिति केंद्रीय सदस्य सुर्य प्रसाद याक्पादेन , बुद्धिजीबी सामाजिक व्यक्तित्व बीरेंद्र याक्थुङबाले दिएका छन् ।

त्यसै गरी अतिथिमा केंद्रीय सदस्य प्रकाश नेम्वाङ , केंद्रीय सदस्य मनकुमार थलुङ , केंद्रीय सीनियर उपकमाण्डर याम थेबे , केंद्रीय सीनियर उपकमाण्डर सुमन लिम्बू , फिल्ड कमाण्डर जितेन आङदेम्बे, पार्टीका जिल्ला सदस्य नरेन्द्र लावती , कमल उपाध्यक्ष लिला राई लगायतले पद नियुक्ति कमाण्डरहरुको कार्य योगदान प्रति चर्चा गर्दै बधाई दिएका छन् ।

कार्यक्रममा उपस्थित केंद्रीय नेता , केंद्रीय कमाण्डर L.V भोलेन्टियर्स , कमल कार्य समिति लगायत १०५ जना भन्दा बढ़ि कार्यक्रताहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालक मञ्चका कमल सचिब बिजेंद्र मेनाङम्बोले गरेका छन् ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...