सरकारकाे डा. केसीसँगको वार्ता मिल्यो, आइतबार बिहान अनशन तोडिने

 लिम्बुवान खबर
                       

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गाविन्द केसी र सरकारबीच सहमति भएको छ। शिक्षा सचिब गोपिनाथ मैनालीको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्रीको नेतृत्वको डा. केसीका प्रतिनिधिबीचको वार्तामा शनिबार मध्य राति सहमति जुटेको हो।

डा. केसीका सहयोगी प्रितम सुबेदीले सहमति भएको जानकारी दिए। उनले भने, सहमति भएको छ,  आइतबार विहान अनशन तोडिन्छ। मध्य राति डा. केसी अनशन बसेको शिक्षण अस्पताल महाराजगञ्जमा सहमति जुटेको हो ।

डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको हो । शुक्रबारकाे वार्ता भाँडिएता पनि पुनः शनिबार बिहानैदेखि शिक्षामन्त्री र सरकारी वार्ता टोलीबीच भएको छलफलमा डा. केसीसँग फेरि वार्ता गर्ने समझदारी भएपछि शुक्रबार मध्य राति वार्ता भएको थियो । डा. केसीले हरेक प्रदेशमा सरकारी शिक्षण अस्पताल हुनुपर्ने, आईओएमको डिन नियुक्तिमा वरिष्ठताका आधारमा हुनुपर्ने लगायत ६ बुँदे माग राखेर जुम्लाबाट अनशन शुरु गरेका थिए । अनशन बसेको २८ औं दिनमा शनिबार मध्यराती सहमति जुटेको हो।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...