सरकारकाे डा. केसीसँगको वार्ता मिल्यो, आइतबार बिहान अनशन तोडिने

 लिम्बुवान खबर
                       

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गाविन्द केसी र सरकारबीच सहमति भएको छ। शिक्षा सचिब गोपिनाथ मैनालीको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्रीको नेतृत्वको डा. केसीका प्रतिनिधिबीचको वार्तामा शनिबार मध्य राति सहमति जुटेको हो।

डा. केसीका सहयोगी प्रितम सुबेदीले सहमति भएको जानकारी दिए। उनले भने, सहमति भएको छ,  आइतबार विहान अनशन तोडिन्छ। मध्य राति डा. केसी अनशन बसेको शिक्षण अस्पताल महाराजगञ्जमा सहमति जुटेको हो ।

डा. केसी र सरकारबीच ८ बुँदे सहमति भएको हो । शुक्रबारकाे वार्ता भाँडिएता पनि पुनः शनिबार बिहानैदेखि शिक्षामन्त्री र सरकारी वार्ता टोलीबीच भएको छलफलमा डा. केसीसँग फेरि वार्ता गर्ने समझदारी भएपछि शुक्रबार मध्य राति वार्ता भएको थियो । डा. केसीले हरेक प्रदेशमा सरकारी शिक्षण अस्पताल हुनुपर्ने, आईओएमको डिन नियुक्तिमा वरिष्ठताका आधारमा हुनुपर्ने लगायत ६ बुँदे माग राखेर जुम्लाबाट अनशन शुरु गरेका थिए । अनशन बसेको २८ औं दिनमा शनिबार मध्यराती सहमति जुटेको हो।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...