दमकको स्वर्णलक्ष्मी साकोसकाे ११ औं साधारण सभा, १७ प्रतिशतले कारोबार बृद्धि

 लिम्बुवान खबर
                       

दमक/ दमक ६ स्थित बेलडाँगी रोडमा यसैबर्ष देखि आफनै भवनबाट कारोबार शुरु गरेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले यो बर्ष पहिलो पटक आफनै भवनमा बार्षिक साधारण सभाका कार्यक्रमहरु शुरु गरेको छ ।

संस्थाको सभाकक्षमा आज अध्यक्ष रवि केसी, सचिव बुद्धिसागर बराल, सञ्चालक सदस्यहरु जमुना निरौला अधिकारी, पुनम रिजाल लगायतले संयुक्त रुपमा संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक गरे ।

संस्थाका अध्यक्ष रवि केसीले सो अवसरमा संस्थालाई आगामी दिनमा पर्न सक्ने आवश्यकतालाई मध्यनजर गर्दै थप भवन निर्माणका लागि ३ कठठा जग्गा खरिद गरिने बताए । संस्थाले हाल दमकका अतिरिक्त शिवसताक्षी, गौरादह, बुद्धशान्ति, विर्तामोड लगायतका क्षेत्रमा समेत कारोबार गर्दै आएकोले ति ठाउँहरुमा सेवा केन्द्र स्थापनाको लागि प्रस्ताव समेत गरेको छ ।

संस्थाका व्यवस्थापक कमल घिमिरेले कोरोना महामारीका कारण यसबर्षको ११ औं बार्षिक साधारण सभामा सदस्यहरुलाई कार्यलयका साथै विभिन्न पायक पर्ने स्थानहरुबाट प्रतिवेदन उपलब्ध गराउँदै सुझाव संकलन गरेर साधारण सभाको प्रकृया पुरा गरिने बताए ।

असोज २४ देखि २८ गते सम्म संस्थाको कार्यालय, शिवसताक्षी चोकस्थित प्रस्तावित भवन, बेलडाँगीस्थित शिवालय मन्दिर र गौरादहको धोबिनिया चोकमा आफना सदस्यहरुलाई फरक फरक दिनमा प्रतिवेदन बुझेर साधारण सभामा सहभागिता जनाउन संस्थाले आव्हान गरेको छ ।

कोरोनाका बाबजुद पनि कारोबार बढयो
साधारण सभाको उदघाटन कार्यक्रममा वितरित संस्थाको बार्षिक प्रतिवेदनमा आर्थिक बर्ष २०७६/०७७ मा कुल कारोबारमा १७ प्रतिशत बृद्धि भएको उल्लेख छ । सो अवधिमा ५२ करोड भन्दा बढी बचत संकलन, ७ करोड ४० लाख भन्दा बढी शेयर संकलन र ८ करोड ८० लाख भन्दा बढीको कोष निर्माण गर्न सफल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै ६५ करोड भन्दा बढी ऋण लगानी गर्न सफल भएको जनाइएको छ । संस्थामा हाल १ हजार ८ सय १५ जना महिलासहित कूल ४ हजार ७ सय ६६ सदस्य संख्या रहेको संस्थाले जनाएको छ । कोरोना महामारीका कारण आज सक्षिंप्त कार्यक्रम मार्फत साधारण सभाका कार्यक्रमहरु शुरु भएको जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;