दमकको स्वर्णलक्ष्मी साकोसकाे ११ औं साधारण सभा, १७ प्रतिशतले कारोबार बृद्धि

 लिम्बुवान खबर
                       

दमक/ दमक ६ स्थित बेलडाँगी रोडमा यसैबर्ष देखि आफनै भवनबाट कारोबार शुरु गरेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले यो बर्ष पहिलो पटक आफनै भवनमा बार्षिक साधारण सभाका कार्यक्रमहरु शुरु गरेको छ ।

संस्थाको सभाकक्षमा आज अध्यक्ष रवि केसी, सचिव बुद्धिसागर बराल, सञ्चालक सदस्यहरु जमुना निरौला अधिकारी, पुनम रिजाल लगायतले संयुक्त रुपमा संस्थाको बार्षिक प्रतिवेदन सार्वजनिक गरे ।

संस्थाका अध्यक्ष रवि केसीले सो अवसरमा संस्थालाई आगामी दिनमा पर्न सक्ने आवश्यकतालाई मध्यनजर गर्दै थप भवन निर्माणका लागि ३ कठठा जग्गा खरिद गरिने बताए । संस्थाले हाल दमकका अतिरिक्त शिवसताक्षी, गौरादह, बुद्धशान्ति, विर्तामोड लगायतका क्षेत्रमा समेत कारोबार गर्दै आएकोले ति ठाउँहरुमा सेवा केन्द्र स्थापनाको लागि प्रस्ताव समेत गरेको छ ।

संस्थाका व्यवस्थापक कमल घिमिरेले कोरोना महामारीका कारण यसबर्षको ११ औं बार्षिक साधारण सभामा सदस्यहरुलाई कार्यलयका साथै विभिन्न पायक पर्ने स्थानहरुबाट प्रतिवेदन उपलब्ध गराउँदै सुझाव संकलन गरेर साधारण सभाको प्रकृया पुरा गरिने बताए ।

असोज २४ देखि २८ गते सम्म संस्थाको कार्यालय, शिवसताक्षी चोकस्थित प्रस्तावित भवन, बेलडाँगीस्थित शिवालय मन्दिर र गौरादहको धोबिनिया चोकमा आफना सदस्यहरुलाई फरक फरक दिनमा प्रतिवेदन बुझेर साधारण सभामा सहभागिता जनाउन संस्थाले आव्हान गरेको छ ।

कोरोनाका बाबजुद पनि कारोबार बढयो
साधारण सभाको उदघाटन कार्यक्रममा वितरित संस्थाको बार्षिक प्रतिवेदनमा आर्थिक बर्ष २०७६/०७७ मा कुल कारोबारमा १७ प्रतिशत बृद्धि भएको उल्लेख छ । सो अवधिमा ५२ करोड भन्दा बढी बचत संकलन, ७ करोड ४० लाख भन्दा बढी शेयर संकलन र ८ करोड ८० लाख भन्दा बढीको कोष निर्माण गर्न सफल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै ६५ करोड भन्दा बढी ऋण लगानी गर्न सफल भएको जनाइएको छ । संस्थामा हाल १ हजार ८ सय १५ जना महिलासहित कूल ४ हजार ७ सय ६६ सदस्य संख्या रहेको संस्थाले जनाएको छ । कोरोना महामारीका कारण आज सक्षिंप्त कार्यक्रम मार्फत साधारण सभाका कार्यक्रमहरु शुरु भएको जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...