स्वतन्त्र साकोसको प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक। मजदुरहरुद्धारा सञ्चालित दमक ६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आफनो ९ औं बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्थाको कार्यालयमा आज औपचारिक रुपमा कार्यक्रम गरि सञ्चालक समितिले निकालेको प्रतिवेदन सार्वजनिक गरेको हो ।प्रतिवेदन सहकारी अध्यक्ष इन्द्रकुमार राई,सचिव सुमन काफ्ले ,व्यवस्थापक मानबहादुर मगर लगायतका सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

यसवर्ष कोरोना भाइरसको संक्रमणका कारण आजदेखि शुरु भई असोज २९ सम्म कार्यालयमै स्वास्थ्य सावधानी अपनाएर औपचारिक रुपमा साधारणसभा सम्पन्न गरिने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार आजदेखि सदस्यहरुले कार्यालय समय भित्र आएर प्रतिवेदन बुझन तथा त्यस उपर राय,सुझाव असोज २८ सम्म बुझाउन सकिने व्यवस्था गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दे अध्यक्ष राईले शेयर सदस्यहरुलाई थप सुविधा दिन सहकारीले थप जिम्मेवारीका साथ लागिपरेको वताए । सहकारी संगै शेयर सदस्य मजवुत भएमात्र सहकारी सवल बन्ने उनले प्रष्टयाए ।

प्रतिवेदन माथि आएका उपयुक्त सुझावलाई प्रतिवेदनमा समेटेर असोज २९ गते साधारणसभा सम्पन्न गरिने उनले वताएका छन् । प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा सञ्चालक सदस्यहरु दुर्गामाया राई,विमला कुमाल,भिमराज बेघा ,लेखा समिति सदस्यद्धय प्रकाश राजवंशी ,भरत राई लगायतको उपस्थिति रहेको थियो ।

संक्रमणका बाबजुद कारोवार वृद्धि

८३४ पुरुष,८११ महिला र ८ वटा संस्थागत गरि १६५३ शेयर सदस्य रहेको सहकारीको आर्थिक बर्ष २०७६ ,७७ मा १ करोड १५ लाख १३ हजार २४६ पुरयाँउन सफल भएको जनाईएको छ । शेयर पूंजीमा यो वृद्धिदर १६.३ प्रतिशत हो । यस्तै,निक्षेपतर्फ गएको वर्ष २१ करोड ४७ लाख ४५ हजार ९ सय ३५ रुपैया ,कर्जा तर्फ ५ करोड ३८ लाख २५ हजार७४ ,बाह्य ऋण ८६ लाख ९८ हजार ४ सय रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सहकारीले यसवर्ष ३१ लख ३४ हजार ४सय ४० रुपैया मुनाफा गर्न सफल भएको छ । गतवर्षको तुलनामा ११ लाख २२ हजार ३६२ वृद्धि हो ।

त्यस्तै,संस्थाले अघिल्लो वर्षको तुलनामा ८.१२ प्रतिशतले कुल कारोवार गर्न सफल भएको उल्लेख छ । २०७५,०७६ मा ६ करोड ५६ लाख १ हजार ३६ रुपैया कुल कारोवार गरेको संस्थाले गएको वर्षमा भने ७ करोड ९ लाख २६ हजा ८४ रुपैया पुरयाँउन सफल भएको प्रतिवेदनमा जनाइएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...