बिरामी सानुसालाई ३ लाख भन्दा धेरै आर्थिक सहयोग हस्तान्तरण

 लिम्बुवान खबर
                       

दमक। मुटु र दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई सानुसा लावती बचाउ अभियान दमक नगर समिति र कुरुम्बेली समाज सेवा संघ दमकले छुट्टाछुट्टै कार्यक्रम गरि ३ लाख भन्दा धेरै सहयोग रकम हस्तान्तरण गरेको छ ।
अभियान समितिका संयोजक आकाश ताङहाङ लिम्बु सहितको टोलीले लावतीलाई २ लाख १२ हजार ६ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

लावतीको उपचारका लागि आवश्यक रकम संकलनका एक अभियान समिति गठन गरि सहयोग रकम संकलन गरिएको थियो । विभिन्न व्यक्तिहरूबाट संकलित सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

त्यसै गरी पाँचथरको कुरुम्बाबाट दमक आएर बसेकाहरुको सक्रियतामा बनेको कुरुम्बेली समाज सेवा संघ दमकले सानुसा बचाउन अभियान अन्तर्गत संकलित रकम आज विरामीलाई हस्तान्तरण गरेको छ । सेवासमाजले १ लाख १९ हजार १ सय ४८ रुपैयाँ आज विरामीलाई एक कार्यक्रमका बिच प्रदान गरेको छ । सेवा समाजले दमकमा ५१ हजार ५ सय ६३ रुपैयाँ संकलन गरेको हो भने बाँकी ५० हजार पैतिस रुपैयाँ मलेसिया र १७ हजार ५ सय पचास रुपैयाँ यूके र हङकङ्बाट सहयोग प्राप्त भएको जनाएको छ ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् । लावतीको विगत लामो समयबाट Systematic Lupus Erythematosus (SLE) को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटल विराटनगरमा उपचार गराइरहेकी छिन् ।

लावती विगत ३ वर्ष देखि अध्ययनको शिलशिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी छिन् ।

हालसम्म संकलित रकम बिरामीलाई बुझाइएको समितिका संयोजक आकाश ताङहाङ लिम्बुले बताए । सहयोग रकम हस्तान्तरण गर्दै लिम्बुले भने– सहयोग रकम अझै पनि उठ्ने क्रम जारी रहेको र बाँकि उठ्ने रकम पुनः पछि हस्तान्तरण गर्नेछौ ।

लावतीको उपचारका लागि विद्यार्थीहरूबीच छलफल गरि एक अभियान समिति बनाएर अभियान संचालन गरिएको अभियान समितिका सदस्य सुनिल राई बताए । सामाजिक सञ्चाल मार्फत सहयोग अपिल गरि सुरू गरिएको अभियानलाई सहयोग गर्ने सम्पूर्ण सहयोगिहरू प्रति धन्यवाद व्यक्त गरे ।

सहयोग रकम हस्तारन्तरण गर्नका लागि अभियान समितिका संयोजक आकाश ताङहाङ लिम्बु, सदस्यहरू सुनिल राई, मिना नेम्बाङ, नैना चाम्लिङ राई साथै गगन लावती, जीतेन राईको उपस्थिति रहेको थियो ।

त्यसैगरी कुरुम्बेली समाज सेवा संघको रकम हस्तान्तरणमा अध्यक्ष ऐमानसिं लाओती, सचिव धिरेन लावती, कोषाध्यक्ष कमला योङ्हाङ् (लाओती) लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको सदस्य दिनेश लाओती बताए ।

सम्बन्धित समाचार

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...