बिरामी सानुसालाई ३ लाख भन्दा धेरै आर्थिक सहयोग हस्तान्तरण

 लिम्बुवान खबर
                       

दमक। मुटु र दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई सानुसा लावती बचाउ अभियान दमक नगर समिति र कुरुम्बेली समाज सेवा संघ दमकले छुट्टाछुट्टै कार्यक्रम गरि ३ लाख भन्दा धेरै सहयोग रकम हस्तान्तरण गरेको छ ।
अभियान समितिका संयोजक आकाश ताङहाङ लिम्बु सहितको टोलीले लावतीलाई २ लाख १२ हजार ६ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

लावतीको उपचारका लागि आवश्यक रकम संकलनका एक अभियान समिति गठन गरि सहयोग रकम संकलन गरिएको थियो । विभिन्न व्यक्तिहरूबाट संकलित सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

त्यसै गरी पाँचथरको कुरुम्बाबाट दमक आएर बसेकाहरुको सक्रियतामा बनेको कुरुम्बेली समाज सेवा संघ दमकले सानुसा बचाउन अभियान अन्तर्गत संकलित रकम आज विरामीलाई हस्तान्तरण गरेको छ । सेवासमाजले १ लाख १९ हजार १ सय ४८ रुपैयाँ आज विरामीलाई एक कार्यक्रमका बिच प्रदान गरेको छ । सेवा समाजले दमकमा ५१ हजार ५ सय ६३ रुपैयाँ संकलन गरेको हो भने बाँकी ५० हजार पैतिस रुपैयाँ मलेसिया र १७ हजार ५ सय पचास रुपैयाँ यूके र हङकङ्बाट सहयोग प्राप्त भएको जनाएको छ ।

पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ घर भई दमक बहुमुखी क्याम्पस दमकमा अध्ययनरत लावती केहि समय देखि दुवै मृगौला खराब भइ उपचार गराइरहेकी छिन् । लावतीको विगत लामो समयबाट Systematic Lupus Erythematosus (SLE) को कारण मुटुमा समस्या भएको र दुबै मृगौला फेल भई हाल नोवेल हस्पिटल विराटनगरमा उपचार गराइरहेकी छिन् ।

लावती विगत ३ वर्ष देखि अध्ययनको शिलशिलामा दमक बस्दै आएकी हुन् । अध्ययनसँगै विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध लावती लिम्बु विद्यार्थी मञ्च झापाका उपाध्यक्ष समेत रहेकी छिन् ।

हालसम्म संकलित रकम बिरामीलाई बुझाइएको समितिका संयोजक आकाश ताङहाङ लिम्बुले बताए । सहयोग रकम हस्तान्तरण गर्दै लिम्बुले भने– सहयोग रकम अझै पनि उठ्ने क्रम जारी रहेको र बाँकि उठ्ने रकम पुनः पछि हस्तान्तरण गर्नेछौ ।

लावतीको उपचारका लागि विद्यार्थीहरूबीच छलफल गरि एक अभियान समिति बनाएर अभियान संचालन गरिएको अभियान समितिका सदस्य सुनिल राई बताए । सामाजिक सञ्चाल मार्फत सहयोग अपिल गरि सुरू गरिएको अभियानलाई सहयोग गर्ने सम्पूर्ण सहयोगिहरू प्रति धन्यवाद व्यक्त गरे ।

सहयोग रकम हस्तारन्तरण गर्नका लागि अभियान समितिका संयोजक आकाश ताङहाङ लिम्बु, सदस्यहरू सुनिल राई, मिना नेम्बाङ, नैना चाम्लिङ राई साथै गगन लावती, जीतेन राईको उपस्थिति रहेको थियो ।

त्यसैगरी कुरुम्बेली समाज सेवा संघको रकम हस्तान्तरणमा अध्यक्ष ऐमानसिं लाओती, सचिव धिरेन लावती, कोषाध्यक्ष कमला योङ्हाङ् (लाओती) लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको सदस्य दिनेश लाओती बताए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...