इलामकाे चुलाचुलीमा आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

 लिम्बुवान खबर
                       

चुलाचुली, २६ असोज । इलामको चुलाचुली गाउँपालिका – ५ मा आज आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।

केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले उद्घाटन गर्नुभएको हो । सोही ठाउँका स्व. आशा कुमारी राई र स्व. धनबहादुर राईको सम्झनामा  परिवारले उपलब्ध गराएको जग्गामा सो केन्द्र निर्माण गरिएको हो ।

परिवारले रु ३० लाख बराबरको दुई रोपनी जग्गा गाउँपालिकालाई उपलब्ध गराएको छोरा संजय राईले जानकारी दिनुभयो । सो जग्गा छोराहरु संजय राई र मिनकुमार राईले उपलब्ध गराउनुभएको थियो ।संघीय सरकारको रु ३० लाख शसर्त अनुदान र गाउँपालिकाको रु ५ लाख गरी ३५ लाखको बजेटमा केन्द्रको भवन निर्माण गरिएको हो ।

गाउँपालिकाले यसअघि वडा नं. १ मा पनि   केन्द संचालनमा ल्याईसकेको छ भने वडा नम्बर ४ मा पनि संचालनको तयारी भईरहेकाले गाउँपालिकाको सबै वडामा आधारभुत स्वास्थ्य सेवा उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख दुश्यन्त दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले हाल वडा नम्बर ३ को स्वर्गिक मार्ग सामुदायिक भवनमा १५ शैँयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । उक्त अस्पतालमा हाल १ महिलासहित ५ जना उपचाररत रहेका छन् ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...