हिल्लीहाङमा लिम्बुवानको राजनैतिक प्रशिक्षण

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको हिल्लीहाङ् गाउँपालिका चतुरे बजारमा संघीय लिम्बुवान मञ्च, नेपालले अगुवा नेता कार्यकर्ताहरुलाई एक दिने राजनैतिक प्रशिक्षण दिएको छ ।

हिल्लीहाङ् गाउँपालिकाका अगुवा नेताहरुलाई मञ्चको महासचिव संगम खनालले मञ्चको राजनैतिक दर्शनशास्त्र र सांगठानिक संरचनाको बारेमा प्रशिक्षण दिएका हुन् । प्रशिक्षामा उक्त गाउँपालिकाका ५० भन्दा धेरै अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।

उक्त एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, जिल्ला सदस्य कमल सिगु, युवा मञ्चका अध्यक्ष आधार घिमीरे, उपाध्यक्ष गगन जवेगु, एल.भी. कमाण्डर साम्योकहाङ सिगु, जिल्ला नेताहरु हाङ्सा लावती, वजिन लावती, पुष्पहाङ लोवा समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम हिल्लीहाङ् गाउँपालिका अध्यक्ष चन्द्रकुमार लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको हो ।

संघीय लिम्बुवान मञ्च, नेपाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय मञ्च अन्तर्गतको एक घटक हो । मञ्चले अरुण पूर्वको नौ जिल्ला लिम्बुवान प्रान्त हुनुपर्छ भनेर  ढेड दशक अघि देखि निरन्तर राजनैतिक आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...