जिल्ला प्रशासन झापाद्धारा राती ८ बजेदेखि निषेधाज्ञा, राती हिड्न प्रतिबन्ध

 लिम्बुवान न्युज
                       

दमक/ दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले अाजबाट कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरेर सो बारे जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको सो सूचनामा अत्यावश्यक काममा बाहेक सो समय भित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि सञ्चालनमा रोक लगाइएको हो ।

त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतेसवाजीहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदनप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न पनि सूचित गरेको छ । धार्मिक शक्ति पिठहरुमा नित्य पूजा बाहेक भेला भएर भिडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ ।

त्यसैगरी जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पनि सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...