जिल्ला प्रशासन झापाद्धारा राती ८ बजेदेखि निषेधाज्ञा, राती हिड्न प्रतिबन्ध

 लिम्बुवान न्युज
                       

दमक/ दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले अाजबाट कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासन कार्यालयले एक सूचना प्रकाशित गरेर सो बारे जानकारी गराएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्धारा हस्ताक्षर गरिएको सो सूचनामा अत्यावश्यक काममा बाहेक सो समय भित्र हिंडडुल, सवारी साधनको आवतजावत, पसल व्यवसाय आदि सञ्चालनमा रोक लगाइएको हो ।

त्यसैगरी दशैंलाई लक्षित गर्दै प्रशासनले अबैध मदिरा उत्पादन तथा विक्री वितरण नगर्न, मदिरा सेवन गरेर सवारी नचलाउन, पटाका तथा आतेसवाजीहरुको ओसारपसार नगर्न नगराउन, धार्मिक, सामाजिक तथा साँस्कृतिक सदभाव विथोल्ने किसिमका गतिबिधिहरु नगर्न, विभिन्न संघ संगठन तथा संस्थाहरुले गर्ने शुभकामना आदनप्रदान जस्ता मानिस जम्मा भएर गरिने कार्यक्रमहरु नगर्न पनि सूचित गरेको छ । धार्मिक शक्ति पिठहरुमा नित्य पूजा बाहेक भेला भएर भिडभाड मेला बजार आदि लगाउन पनि रोक लगाइएको छ ।

त्यसैगरी जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले पनि सो सम्बन्धिको निर्णय गरेको जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...