खसहरूले बनाए विश्व मष्ट धर्म महासंघ

 लिम्बुवान न्युज
                       

काठमाडौँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस-छेत्री एकता समाजका संस्थापक अध्यक्ष युवराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
सातैवटा प्रदेशमा उपाध्यक्षहरु रहने गरी गठित सो समितिको महासचिवमा प्रेमनारायण थापा रहनुभएको छ भने उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट शिवबहादुर बस्नेत, लुम्बिनी प्रदेशबाट चूडामणि रेग्मी र सीता केसी, कर्णाली प्रदेशबाट वीरबहादुर शाही,गण्डकी प्रदेशबाट मदनराज थापा , सुदूरपश्चिम प्रदेशबाट भीमबहादुर थापा  र रघुवीर सिंह ठकुन्ना,बागमती प्रदेशबाट भीम बर्मा,भारतबाट सागरराज  छेत्री रहनुभएको छ ।
उक्त समितिको उपमहासचिवमा रामहरि कार्की, सचिवमा टेकबहादुर थापा (बेलायत) र हरि छेत्री रहनुभएको छ भने कोषाध्यक्षमा राजेन्द्र खस (बेलायत) रहनुभएको छ ।
११ सदस्सीय केन्द्रीय सल्लाहकार समितिमा चन्द्रप्रकाश बानियाँ, ईन्द्रप्रसाद कार्की,राजेन्द्र क्षेत्री,तेजबहादुर कार्की, गोविन्दमानसिंह कार्की,सचिन नाम्दुले खस,आशिष थापा, राधा थापा, प्रेमबहादुर खाती र  राजन केसी रहनुभएको छ ।
३३  सदस्यीय केन्द्रीय समितिका सदस्यहरुमा लिला बस्नेत झापा, पर्शुराम  बस्नेत सुनसरी,अरुण छेत्री कालेबुङ दार्जीलिङ, विनोद बस्नेत झापा, टंक थापा खोटाङ, डिलुकुमारी  खड्का सुर्खेत, इन्द्रबहादुर बराल काठमाडौँ, पृथ्वीनारायण कार्की झापा, अनन्त कार्की काठमाडौँ,  बिरेश गोदार थापा  सुनसरी, रामबहादुर जाग्री बझाङ, रविन्द्र बस्नेत मकवानपुर, नेत्रजङ्ग कार्की भक्तपुर, हरिबहादुर बस्नेत झापा, निगमकुमार कार्की कतार, तपेन्द्र क्षेत्री बझांग, रविन बुढाथोकी इजरायल, जनककुमार कटुवाल संयुक्त राज्य अमेरिका, सन्देश ठकुरी दुबई, खिरबहादुर भन्डारी धनकुटा, पुष्प कार्की भोजपुर, पुष्पबहादुर कार्की धनकुटा, दुर्गा सुवेदी मोरङ्ग,भुपेन्द्र भण्डारी सल्यान, हरिबहादुर खड्का गोर्खा, पदमकेशर अधिकारी संखुवासभा, भीमबहादुर बस्नेत र ध्रुवराज बस्नेत, झापा र नरबहादुर विष्ट ताप्लेजुङ रहनुभएको छ ।
यसअघि खस जातिका संगठनहरुले आगामी २०७८ सालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा मष्ट धर्म र जातिको महलमा खस जाति लेखाउने निर्णय गरिसकेका छन् ।
खस जातिभित्र पर्ने छेत्री, ठकुरी केही खस ब्राह्मण, दमाइ, कामी, सार्की आदिले मष्ट धर्म मान्दै आएका छन् ।
खस नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको जाति हो । खस जातिभित्र छेत्री, कामी, दमाइ, सार्की, ठकुरी आदि पर्दछन् ।
खसहरूको आफ्नो मौलिक धर्म मष्ट धर्म हो | मष्ट भनेको निराकार  शक्ति हो | जसलाई खसहरुले स्वामीका रुपमा पूजा गर्छन् | मष्टको मन्दिरलाई माडौँ भनिन्छ | मष्ट मानवशरीरमा प्रकट हुने देव शक्ति हो | मष्ट धर्ममा ईश्वरको परिकल्पना हुँदैन | मष्ट धर्म सनातन देखि चलिआएको धर्म हो तर वैदिक धर्मभन्दा फरक भएकोले यसलाई अवैदिक धर्म भनिन्छ | अवैदिक धर्म भएकोले मष्ट धर्ममा वर्ण व्यवस्था मान्य हुँदैन | त्यसैले मष्ट धर्म छुवाछुत रहित धर्म हो | खस जातिमा हिन्दु धर्मको प्रभाव परेपछि मष्ट धर्म ओझेलमा पर्दै आएको छ |

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...