शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापा, शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत खुवाइएको छ ।
यो संगै कमाण्डरहरुलाई विभागिय जिम्मेवारी दिने निर्णय समेत एल.भी. केन्द्रीय कमाण्डले जनाएको छ ।
विशेषत अरुण पूर्व नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्त राज्य निर्माणको निमित्त विगत १५ बर्ष देखि एल.भी.हरु लिम्बुवान भूमि रक्षाको निमित्त विना वर्दी र विना हतियार आन्दोलनरत युवाहरुको समूहलाई लिम्बुवान भोलेन्टियर्स एल.भी. भनेर मञ्चले स्वयम्सेवकको रुपमा नौ जिल्लामा परिचालित गरेको छ ।

मञ्चका केन्द्रीय सचिव तथा एल.भी. प्रवक्ता राजु राईले लिम्बुवान भोलेन्टियर्सहरु भूमि रक्षक भएकाले देश संघीयतामा गएतापनि राज्य सत्ता पुरातन प्रवृधिमा गई पुरानै पञ्चायती शैलीमा शासन सत्ता चलाउने दुस्साहस गरेको हुँदा भोलेन्टियर्सहरुलाई सक्रिय बनाउन सबै स्थानीय स्तरमा कमाण्ड गठनलाई तिब्र बनाएको बताए । त्यसैगरी उनले भने, अब सरकार हरेक ढंगबाट सत्ता संचालनमा चुकि सकेको हुँदा जबसम्म पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्तमा राज्यको पुनःसंरचना हुँदैन एल.भी.हरु लड्न तयार भएको बताए । त्यसैगरी उक्त गठन कार्यक्रममा मञ्चका केन्द्रीय सचिवालय सदस्य भिम सुनुवार, पहिचान सदस्य तथा शिवसताक्षी नगर संयोजक प्रकाश लिङ्देन, जिल्ला नेता शुभानसिंह कुरुम्बाङ् त्यसैगरी लिला लावती, अर्जुन लावती, विचारी लावती लगायत नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त कमाण्ड गठन कार्यक्रममा उपफिल्ड कमाण्डरहरुमा सन्जीव परियार, रतन सिगु, सञ्जय सिगु, दिल कुमार इङ्नाम चयन भएका छन् भने फिल्ड कमाण्डरहरुमा साजन सेर्मा, राजेन्द्र सेर्मा, सविन चेम्जोङ् नियुक्त भएका छन् । त्यसैगरी उक्त कार्यक्रममा ३५ सदस्य एल.भी. कमाण्ड गठन गरिएको नगर संयोजक प्रकाश लिङ्देनले बताए ।

कार्यक्रम लिम्बुवान भोलेन्टियर्स सिनियर फिल्ड कमाण्डर सुमन सम्बाहाम्फेको अध्यक्षता र सिनियर फिल्ड कमाण्डर बादल राईको संचालनमा सम्पन्न भएको हाे । यो संगै सबै वार्डहरुमा एल.भी. वार्ड कमाण्ड समेत गठन गर्दै जाने नेता लिङ्देनले बताएका छन् ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...