भोलिदेखि दमकमा सेतुमारी कप हुदै

 लिम्बुवान न्युज
                       

दमक, १५ असोज/ झापाको दमक १० स्थित सेतुमारी खेल मैदानमा भोलिदेखि जिल्ला स्तरीय सेतुमारी कप २०७८ हुने भएको छ ।

स्थानीय सेतुमारी युवा समाजको अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिता अन्र्तगत पहिलो दिन कमल फुटबल क्लब इलाम र सेभेन स्टार एफसी मोरङकाबिच खेल हुने आयोजकले जनाएको छ ।

विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता यहि असोज २५ गते सम्म सञ्चालन गरिने समाजका अध्यक्ष शिव धिमालले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भोइसकेको धिमालले बताए ।

प्रतियोगीताको विजेता टिमले नगद रु २५ हजारका साथै मेडल ट्रफि प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद १५ संगै मेडल ट्रफि प्राप्तगर्ने अध्यक्ष धिमालले बताए ।

सो प्रतियोगितामा प्रथम पुरस्कारको नगद रु २५ हजारको धनराशी बेलायतमा कार्यरत व्रिटिश आर्मी रोहित राई र दोस्रो पुरस्कार स्वरुप नगद रु १५ स्थानीय रोशन सिंखडा हाल कोरियामा कार्यरतले प्रायोजन गरेको धिमालले जानकारी दिए ।

सो प्रतियोगिता सञ्चालनका लागि अन्य क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...