
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
लिम्बुवानखबर, १५ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरपालिकाको वडा नं. ८ को तेस्रो वडाअधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार मञ्चका प्रान्तीय महासचिव सुरेन्द्र लिम्बु नोनामज्यूको प्रमुख आतिथ्यतामा दमक ८स्थित दमक बहुमुखी सहकारी संस्थाको सभाहलमा बेनुकुमार लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन भएको हो ।
आज आयोजित अधिवेशनले अध्यक्ष लिम्बु सहित उपाध्यक्षमा टिका तुम्बापो र कुल बहादुर लिङदेन, सचिवमा बिरेन्द्र सेर्मा र अर्थसचिवमा हरिमाया कन्दङ्वा निर्वाचित हुनेभएको छ । त्यसैगरी सदस्यहरुमा हरिलाल चौधरी, नन्द राई, राम राई, तिर्थकुमारी थेगिम र सुकमाया लिम्बु निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रान्तीय उपमहासचिव भानु भट्टराई, सचिवहरु धनराज सुब्बा, राम चेम्जोङ्, विष्णु भट्टराई, प्रान्तीय सदस्यहरु चन्द्र कन्दङ्वा, मुक्सान माङ्लाक, दमक नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम वडाध्यक्ष जितेन हाङ्स्रोङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमलाई दमक नगर समितिको बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ्ले सहजीकरण गरेका थिए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...