
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
शिवसताक्षी । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बूवान मञ्च नेपाल शिबसताक्षी–१ को दोस्रो वडा सम्मेलनबाट ज्ञानुहाङ् सेर्मा अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको वडा सम्मेलनले शेर्माको अध्यक्षतामा १८ सदस्यीय वडा कार्य समिति गठन भएको हो ।
नव निर्वाचित समितिका उपाध्यक्षद्धयमा उमानाथ दमाई र चन्द्रबहादुर थेबे, सचिवमा मनिता आङदम्बे, कोषाध्यक्षमा मनामाया नेम्बाङ छन् । त्यस्तैं, सोही समितिका सदस्यहरुमा डम्बर कुमार लिम्बू, सन्तकुमार चेम्जोङ, गजेन्द्र चेम्जोङ, गणेशमान चेम्जोङ, बृखबहादुर चेम्जोङ, रुचना चेम्जोङ, चन्द्रबहादुर समाल मगर, सेवन्तीदेवी आचार्य, याम शेर्मा, भवानी नेम्बाङ, कलमान योङहाङ र चन्द्र सिवा छन् ।
बिचारी लावतीको अध्यक्षतामा र प्रदेश १ का मञ्चकी केन्द्रीय उपाध्यक्ष तथा प्रदेश सदस्य बिष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो ।
सो वडा सम्मेलनमा केन्द्रीय सदस्य भीमबहादुर सुनुवार, दिलबहादुर सेरेङ, जसवहादुर तामाङ, झापा जिल्ला समिति अध्यक्ष धनबहादुर पन्धाक, सचिव राजा आङ्थुपो, सदस्य नरेन्द्र लावती, एलभी केन्द्रीय फिल्ड कमाण्डर सुमन सम्बाहाम्फे, संघीय विद्यार्थी युनियनका संघीय सदस्य किराती बिबेक सुनुावर, टेकबहादुर संयोक्पा तुम्सा, देवेन्द्र आङदेम्बे, निवर्तमान केन्द्रीय एलभी प्रवक्ता राजु राई, निवर्तमान एलभी उपकमाण्डर चेतन चेम्जोङ, शिबसताक्षी अध्यक्ष प्रकाश लिङ्देन, कोषाध्यक्ष समीर चेम्जोङको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत मन्तव्य समिर योङहाङले र सञ्चालन दुर्गा बहादुर चेम्जोङले गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएकाहरुलाई पार्टीको तर्फबाट स्वागत सम्मान गर्दै सदस्यता समेत वितरण गरिएको थियो । त्यस्तैं, कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्नुहुनेहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको नगर उपाध्यक्ष प्रताप निङ्लेकुले बताए ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...