
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका–५ स्थित स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका–१० का शिवकुमार कार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधि ट्रामाडोल ४१७ क्याप्सुल र स्पास्मो ४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जना विरुद्ध थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तस्वीरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकाे फेसबुक पेजबाट