दोस्रो मागुना गोल्ड कप १८ असोजदेखि २५ सम्म संचालन हुने

 लिम्बुवान न्युज
                       

माई इलाम १९ असोज । इलामको माइनगरपालिकास्थित मागुना युवा क्लयको आयोजनामा दोस्रो मागुना गोल्डकप फूटबल प्रतियोगिता मंगलबारबाट शुरु भएको छ ।

मंगलबार माइ नगर वडा ६ का अध्यक्ष मुखराज आङदेम्बेले गोल्डकप खेलको उद्घाटन गर्दै खेल शुरु भएको हो । कार्यक्रममा नगर खेलकुद समितिका सचिव पुष्प गिरीको विशेष आतिथ्यता रहेको थियो भने नेपाली कांग्रेसका युवा नेता हेमु नेम्बाङ लगायत समाजसेवीहरुको उद्घाटन खेलमा उपस्थिति रहेको थियो ।

उद्घाटन खेलमा लोकतान्त्रिक एफसिले सितली एफसीलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा माइ ७ वडाले सुखानीलाई ट्राईबेकरमा पराजित गरेको छ ।

त्यसैगरी बुधबारको खेलमा महमाई ४ लाई सखुवा क्लबले ३–१ गोल अन्तरले पराजित गरेको छ भने दोस्रो खेलमा किरात एफसि अर्जुनधाराद्वारा १–३ गोल अन्तरले पराजित भएको छ ।

उदघाटन कार्यक्रमको अध्यक्ष क्लबका अध्यक्ष सुरेश नेम्बाङ्को सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमलाई प्रदिक लावतीले संचालन गरेका थिए । गोल्ड कप संचालनको लागि प्रमुख रेफ्री डिक ब. श्रेस्ठ, असिस्टेन्ट रेफ्री प्रज्वल तिवारी र प्रकाम मगर रहेको खेल आयोजकले जनाएको छ ।

आगामी असोज २५ गते सम्म संचालन हुने गोल्ड कपको प्रथम पुरस्कार ४० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र त्यसैगरी दोस्रो हुनेले २० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले गोल्डेन बल, सर्वाधिक गोलकर्ताले गोल्डेन बुट र उत्कृष्ट छ बिधाका खेलाडीलाई नगदद्वारा सम्मान गरिने अध्यक्ष नेम्बाङ्ले बताए । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने पनि उनले बताए ।

माइ नगरमा सक्रिय यस क्लबले २०७७ साल देखि निरन्तर गोल्ड कप खेलाउने निर्णय गर्र्दै दोस्रो मागुना गोल्ड कप २०७८को आयोजना गरिएको क्लबका अध्यक्ष तथा संघीय विद्यार्थी युनियन झापा जिल्ला उपाध्यक्ष नेम्बाङ्ले जनाएका छन् ।

खेलको प्रथम पुरस्कार नेपाली कांग्रेस इलामका नेता, समाजसेवी डम्बर खड्काले प्रायोजना गरेको अध्यक्ष नेम्बाङ्ले बताए ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...