गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । काठमाडौंमा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले आज प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा आज (बुधबार) प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन नगरेको बताएको छ ।

सो संघर्ष समितिका संयोजक मोक्तान थेवाले गाई–गोरुको मासु खानेलाई अपराध करार गर्दै कारवाही गर्नुले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको बताए ।

उनीहरुले ‘हाम्रो जुजु बाजेले खाए, हाम्रा बाउ बाजेले खाए, त्यसपछि उनीहरु आए र हामीलाई जेल हाल्ने कानुन बनाए’ लेखिएको प्लेकार्ड बोकेका थिए । (नागरिक खबरमा उल्लेख)

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...