राष्ट्रिय शहिद माङतोकको १४औं स्मृतिसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । राष्ट्रिय शहिद राजकुमार आङदेम्बे माङतोकको १४औं स्मृतिसभा सम्पन्न भएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमल ३ स्थित सानो केर्खा माङतोक समाधिस्थलमा १४ वटा दिप प्रज्वलन गरि कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष एवम् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले राष्ट्रिय सहिद माङतोकको शहादत्ताले लिम्बुवान र पहिचानको आन्दोलनले सार्थकता पाएको र निरन्तर अघि बढिरहेको बताए । शहिदको सपनालाई संस्थागत गर्न यो प्रतिष्ठान निर्माण गरिएको बताउँदै गुरुङ्ले भने समानुपातिक समावेशीताको मुद्दा स्थापित गर्न पहिलो शहिद हुनुभएका माङ्तोक र मनिलले चिरस्थायी र अमर बनाउन प्रतिष्ठान निर्माण भएको हो ।
त्यसैगरी कार्यक्रमलाई लिम्बुवान प्रान्तीय महासचिवहरु अशोक चेम्जोङ, शान्ता योङहाङ र थाङसाङ लावती श्रद्धाञ्जली मन्तव्य राख्दै शहिदको बलिदानीलाई संस्थागत गर्न लिम्बुवान आन्दोलन निरन्तर अघि बढिरहेको बताए । त्यसैगरी प्रान्तीय सदस्य बलनाथ नाल्बोले पनि शहिद माङतोकको चर्चा गरेका छन् ।
कार्यक्रममा लिम्बुवान प्रान्तीय सदस्य तथा चुलचुली वडा नं. १ का निर्वाचित अध्यक्ष पूर्ण लावती (ध्रुव) स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले गरेका थिए ।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष एबी पन्धाक, उपमहासचिव भविराज तुम्सा, सचिव पूर्णकला लिम्बु तेयुङ, सचिवालय सदस्य भिम सुनुवार, प्रान्तीय सदस्यहरु जीवन प्रकाश सेर्मा, सन्तोष तुम्बापो, दिपक आङदेम्बे, कुमार तुम्बापो, पूर्ण लावती (ध्रुव), सुर्य योक्पाङ्देन, किरण लिङ्देन, पहिचान सदस्य दिल सेरेङ्, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी आज संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ्, पाँचथर, मोरङ्, धनकुटा, सुनसरी, झापाका विभिन्न स्थानीय तह लागत इलामको चुलाचुलीमा शहिद राजकुमार आङदेम्बेको शालिकका दिप प्रज्वलन गर्दै शहिद माङतोकलाई स्मरण गरेका छन् ।

सम्बन्धित समाचार

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...