दमकमा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन सुुरु, २५ गतेसम्म मञ्चन गरिने

 लिम्बुवान न्युज
                       

दमक, २३ असोज । मोफसलमा नाट्य क्षेत्रको बिकासमा टेवा पुरयाँउने उद्देश्यले यहाँस्थित कदम थिएटरले दमकमा नाटक मञ्चन शुरु गरेको छ ।
शुक्रबारदेखि थियटरको सेउपाखा नाटकघरमा आजदेखि ‘तिम्रो आँखामा खसेको साँझ ’नामक नाटक मञ्चन सुुरु गरेको हो ।

रोट्राक्ट क्लब अफ दमक र कदम थिएटरको संयुक्त प्रस्तुति रहेको नाटक असोजको २५ गतेसम्म मञ्चन गरिने थिएटरकी उपाध्यक्ष चोमु शेर्पाले वताईन् । उनका अनुसार नाटक प्रत्येक दिन दिउँसोको २ बजे र साँझ ५ बजे गरि दुई शो प्रदर्शन गरिने छ ।

नाटकमा हरेक व्यक्तिको लागि समाजले निर्माण गरेको परिधी र त्यस परिधी भित्र उ कति स्वतन्त्र हुन्छ ? त्यस परिधीलाई नाघ्न समाज भित्रका व्यक्तिहरुले के कस्तो प्रयास गर्न सक्छन् भन्ने विषयलाई नाटकमार्फत चित्रण गर्न खोजिएको नाटकका परिकल्पनाकार समेत रहेका निर्देशक सागर कामीले जानकारी दिईन् ।

नाटक प्रकाश शर्माले लेखेको र त्यसमा स्थानीय नाट्यकर्मीहरु सुशान्त लिम्बू , करिना बास्तोला , सिजन दाहाल , दिपक खरेल , सोना यादब , स्वेच्छा नेपाल , युवराज भण्डारी , मनिक शंखर र रमिता राईको सशक्त अभिनय रहेको छ । कदम थियटरले दमकमा एक दशक यता नाट्य गतिविधिहरु सञ्चालन गरिआएको छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...