लिम्बुवान मञ्च मोरङ् जिल्लाद्वारा ३२ जनालाई जिल्ला समितिमा मनोनित

 लिम्बुवान न्युज
                       

पथरीशनिश्चरे, २३ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति मोरङले ३२ जना सदस्य मनोनित गरेको जनाएको छ । मञ्चको पथरीस्थित सिरीजंगा सामुदायिक बनमा बसेको पाँचौ जिल्ला अधिवेशन पश्चातको पहिलो बैठकले सो निर्णय गरेको हो ।

असोज २६ गते मोरङको पाँचौ जिल्ला अधिवेशनबाट निर्वाचित ३८ सदस्यीय समितिलाई भूगोल र समानुपातिक समावेशीतालाई मिलान गर्दै थप ३२ सदस्य मोनित गर्दै ७० सदस्यीय जिल्ला कार्य समिति बनाइएको अध्यक्ष जीवन खेवाले बताए ।

शुक्रबारको बैठकले सचिवालय सदस्यमा पूर्ण आङबुहाङ, सदस्यहरुमा जोग बहादुर लिम्बु, हेम राई, दिलिप सेर्मा, चेतन माझी, सन्तोष बल तामाङ, अरुणा लिम्बु, लक्ष्मी लिम्बु, कुवेरचन्द्र निङलेखु, राजेश राइ, खगिन्द्रसिंह लिम्बु, भिम कुमार लिम्बु, ज्ञानु वेघा, कालीबहादुर चेम्जोङ, फुलमाया तुम्सा, लक्ष्मी मादेन, योग्य लिङदेन, बलिहाङ सिम्बु, देउमान लिम्बु, नारायण लिम्बु, चन्द्र निङलेखु, नरेश साउदेन, खडक मगर, बम प्रसाद लिम्बु, कैलाश याक्खा, विजय लिम्बु, खिनमाया लिम्बु, हर्क सम्बाहाम्फे, सागर थलङ, सन्तोष लोहनी र विकास राईलाई मनोनित गरेको छ ।

यस्तैगरी सोही बैठकले निवर्तमान अध्यक्ष दिलु लिङ्देनलाई संघीय सदस्य तथा प्रान्तीय सचिवालय सदस्यमा केन्द्रमा सिफारिस गर्न समेत परिपत्र गर्ने जिल्ला अध्यक्ष खेवाले बताए । त्यसैगरी पहिचान सदस्यहरुमा समुन चेम्जोङ, जिउँदा सहिदहरु दुर्गा वनेम, किसन चेम्जोङ त्यसैगरी पूर्ण लावती, गोपाल पौडेल, ईन्द्र कुरुम्बाङ, डिल्ली बहादुर जवेगु र उदय मादेनलाई प्रान्तीय मञ्चमा मनोनित गर्न सिफारिस गरेको वताइएको छ ।

त्यसैगरी लिम्बुवानको मोरङ् जिल्ला पाँचौ जिल्ला अधिवेशनमा २ लाख ११ हजार २२० रुपैयाँ खर्च भएको समेत बैठकले सार्वजनिक गरेको छ । अधिवेशनमा जिल्लाले सबै जिल्ला समितिका सदस्य एवम् शुभचिन्तकहरुबाट आर्थिक सहयोग उठाई खर्च गरेको अध्यक्ष खेवाले जनाएका छन् ।

बैठकमा मोरङ जिल्ला इन्चार्ज प्रान्तीय उपमहासचिव दिल कुमार लावती, प्रान्तीय सदस्य राम हर्क खम्बू राई र निवर्तमान अध्यक्ष दिलु लिङ्देन लावतीको उपस्थिति रहेको थियो । साथै मनोनित जिल्ला सदस्यहरुलाई नेता लावतीले विधान अनुसार सफतग्रहण गरेका थिए ।

सम्बन्धित समाचार

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...