लिम्बुवान मञ्च दमक ५ को अध्यक्षमा लावती

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २४ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल दमक ५ को वडाध्यक्षमा राम लावती निर्वाचित भएका छन् । शनिबार मञ्चको तेस्रो वडाधिवेशनले लावतीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।

सर्वसहमतिको आधारमा चयन भएको वडा समितिको उपाध्यक्षमा रत्न पुलामी मगर, विजयवीर साँवा, सरस्वती चेम्जोङ, निशा राई र सरस्वती फोम्बो, सचिवमा श्याम मादेन, सह–सचिवमा रोशा तबेबुङ र अर्थसचिवमा शान्तिला लावती चयन भएका छन् ।

यसैगरी नव निर्वाचित सदस्यहरुमा लिलाकुमारी लिम्बु, भद्र लिम्बु, प्रेमकुमारी वनेम, विरेन्द्र तुम्रोक, विवि लिङदेन, अमृत आङदेम्बे, कुमार इङनाम, रामकुमारी चेम्जोङ लगायत रहेको जनाइएको छ । दिपीनी आधारभूत विद्यालयको सभाहलमा आयोजित अधिवेशन मञ्चका प्रान्तीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसैगरी प्रान्तीय सचिवहरु मोहन बेघा र धनराज सुब्बाको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा प्रान्तीय सदस्य चन्द्र कन्दङवा, टंक माङलाक मुस्कान, एल.भी. सिनियर केन्द्रीय उपकमाण्डर सुमन सम्बाहाम्फे, दमक नगर अध्यक्ष याम लिम्बु, बरिष्ठ उपाध्यक्ष सन्त चेम्जोङ् लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अन्य वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा संविधासनलाई पुनःलेखन गर्दै पहिचानको आधारमा लिम्बुवान सहितको १० प्लस १ प्रान्त स्थापना र निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणालीमा गरिनु पर्नेमा जोड दिएका थिए ।

दमक ५ वडाध्यक्ष समीर केरुङकाे अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य दमक नगरका बरिष्ठ उपाध्यक्ष चेम्जोङ् र कार्यक्रम संचालन नगर सचिव सुख बहादुर सोदेम्बाले गरेका थिए ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;