
मिक्लाजुङ । मोरङको मिक्लाजुङस्थित किसानचौक देखि रमिते सडकको कालोपत्रे कार्यक्रम शुभारम्भ भएको छ । प्रदेश १ सरकारको प्राथमिकतामा रहेको यस आयोजना मिक्लाजुङ वडा न ६ स्थित मिक्लुखोला बाट शुरु भएको हो ।

बिश्वब्यापी फैलिएको कोभिड १९ का कारण सडक निर्माणको कार्य अवरोध भएपनि अहिले भने निरन्तरता पाईरहेछ । असोज मसान्तसम्ममा २० किलोमिटरसम्म कालोपत्रे गरि सक्ने गरि ५८ करोड प्राबिधिक लागतमा उक्त सडक निर्माण श्रेणीगत रुपमा शुरु गरेको हो ।
बहुबर्षे योजना अन्तर्गत मोरङ क्षेत्र न १ (क) का सांसद कुल प्रसाद साम्बाको पहलमा भएको ग्राभेल सम्पन्न भईसकेको छ । सडक निर्माणको लागि अहिलेसम्म २६ करोड रकम खर्च भईसकेको पुर्बधार बिकास कार्यलय मोरङका टेक्निकल अफिसर किशोर पुरीले बताएका छन् । कालोपत्रे शुरुभएसँगै स्थानीयबासीहरु हर्षित भएका छन् ।
आस्फाल प्राबिधिबाट निर्माण गरिएको उक्त सडक गुणस्तरीय रहेको सडक बिभागबाट खटिएका कर्माचारीहरुले वताएका छन् ।