कदममा ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा कदम थिएटरद्वारा निर्माणाधिन सेउपाखा बहुसांस्कृतिक नाटक घरमा रोट्राक्ट क्लब अफ दमकसँगको सहकार्यमा लैङ्गिक अल्पसंख्यकको समस्यामा आधारित नाटक ‘तिम्रो आँखामा खसेको साँझ’ मञ्चन भएको छ ।

नाट्य संस्कृति विकास र अल्पसंख्यक अधिकारका निम्ति पैरवी गर्ने उद्देश्य अनुरूप कदमले नाटक मञ्चन गरेको हो । सोमबार साँझ ५ बजे नाटकको अन्तिम शो मञ्चन गरिएको थियो । १ घण्टा लामो उक्त नाटकले यौनिक अल्पसंख्यकको विषयमा उठान गरेको छ ।

नाटकले लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई आजको समाजमा पनि निर्वाध र सहज रूपले बाँच्न सक्ने अवस्था नरहेको विषयलाई उजागर गर्न खोजेको विषयलाई उठान गरेको छ । यस मुद्दालाई सामाजिक तहमा उठान गरौँ भनेर नै आफूहरुले कदम थिएटर दमकसँग सहकार्य गरेर नाटक मञ्चन गरेको क्लबका अध्यक्ष सपना लिम्बुले वताइन् ।

नाटकका परिकल्पनाकार तथा निर्देशक सागर खाती कामीले नाटकले उठाउन खोजेको मुद्दालाई नजिकबाट नियालिए दिनुभएकोमा दर्शकलाई धन्यवाद दिदैं आगामी नाटकहरुमा थप हौसल प्रदान गर्न अनुरोध गरेका छन् । उनले कोभिड संक्रमण जोखिमका कारण भर्चुअल फर्ममा पुगेको रङ्गमञ्च पुनः पुरानै अवस्थामा फर्कन थालेकोमा खुशी लागेको बताएका छन् ।

नाटक हरेक दिन दिउँसो २ बजे र साँझ ५ बजे गरी दुई शो देखाइएको थिएटरका सचिव कमन देवानले बताए । देवानका अनुसार हाल कदम थिएटरको दमक ९ स्थित अस्थायी नाटक घरमा नाटक मञ्चन भएको हो । कदमले प्रदेश सरकारको सहयोगमा बहुबर्षे योजना अन्तर्गत सेउपाखा बहुसाँस्कृतिक नाटक घरको आधारभूत संरचना निर्माण सकेको छ । निर्माण कार्य चाडै नै सम्पन्न गर्न समेत लागी परेको बताए ।

नाटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक किसोरीले भोग्नुपरेको कथामा आधारित रहेको लेखक प्रकाश शर्मा अधिकारीले जानकारी दिए । दर्शकलाई फरक विषयमा सोच्न लगाउने उद्देश्यले जटील विषय रोजिएको शर्माको भनाइ छ । उनले कोभिड संक्रमण जोखिमका कारण भर्चुवल फर्ममा पुगेको रङ्गमञ्च पुनः पुरानै अवस्थामा फर्कन थालेकोमा खुशी लागेको बताएका छन् ।

नेपालको संविधानमा यौनिक अल्पसंख्यकको अधिकारका बारेमा स्पष्ट उल्लेख गरेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार तेस्रो लिङ्गी तथा समालिङ्गी हुनु मानसिक समस्या हैन । सन् १९९० को दशकपछि यसबारे बहसहरु भएका छन् । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसलाई प्राकृतिक तथा मानवीय स्वाभावको रूपमा व्याख्या गरेको छ ।

अन्तिम शोमा हल खचाखच भरिएको बताउँदै थिएटरका सचिव देवानले भने– “रंगमञ्च तर्फ मोफलसमा समेत दर्शकहरुको उपस्थिति बढ्न थालेपछि अब थिएटरको पुरै संरचना निर्माण गर्न प्रेरणा र हौसल्ला मिलेको छ ।”

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...