इतिहास रच्दै नेपाल पहिलो पल्ट साफ च्याम्पियनसिपको फाइनलमा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ असोज । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा फाइनल स्थान पक्का गरेको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको हो ।

नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । नेपाल दवावमा खेलिएरहेको अवस्थामा खेलको ८२औं मिनेटमा वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई बंगलादेशी गोलरक्षक जिकोले फल गरेपछि रातो कार्ड पाएका थिए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आए र डिबक्सको सोही फललाई सदुपयोग गर्दै अञ्जनले गोल गरेका थिए ।

नेपालले चौथोखेलमा बराबरी खेल्दै ७ अंक जोडेको छ । दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा रहेको भारतको ५ अंक छ । आजै राति ९ः४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दवाव रहेको छ । यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।

नेपालले यसअघि खेलेका १२ संस्करणसम्म फाइनलमा स्थान बनाउन सकेको थिएन । त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता भएको हो ।

फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा साफ आयोजक समितिले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...