भुतपूर्व सैनिक गोल्डकपको उपाधी आयोजककै पोल्टामा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर,२८ असोज । झापाको विर्तामोडमा सञ्चालित भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले जितेको छ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक भूपू सैनिक संघ विर्तामोडले उपाधि आफ्नै पोल्टामा हात पारेको हो ।

बुधबार भएको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम च्याम्पियन बनेको हो ।

प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता टिमले रु ६१ हजार १११, ट्रफी र मेडलमा चित्त बुझाएको छ । खेलमा ६० वर्षभन्दा माथिका उच्च गोलकर्ता आयोजकका क्याप्टेन डिके गुरुङले नगद २५ हजार प्राप्त गरेका थिए ।

त्यस्तै, प्रतियोगिताका बेस्ट डिफन्स दुधेका बुरा राई, मिडफिल्ड आयोजकका शेरबहादुर गुरुङ, फवर्ड आयोजककै तोयाप्रसाद भूजेल र गोलकिप्पर विजेता टिमका शिवकुमार गुरुङ घोषित भए । उनीहरुले जनही पाँच हजार हात पारेका छन् ।

विजेता तथा उपविजेतालगायतलाई झापा ११ फूटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले नगद तथा ट्रफी प्रदान गरेका छन् । प्रतियोगिता बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको थियो । भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध बनाउने उद्देश्यले बडादसैँको अवसर पारेर मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष डिके गुरुङले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...