प्रदेश १ मा बाढि पहिरोमा परी २२ जनाको मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ३ कार्तिक । बाढी पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी धनकुटामा ६ जनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले भीमबहादुर श्रेष्ठको घर पुरेको थियो । पहिरोले पुरिँदा श्रेष्ठसहित ६ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

पाँचथरमा पनि ६ जनाको मृत्यु भएको छ । फिदिम–४ मा ममता लिम्बु र रोयन मगरको पहिरोले पुरीएर मृत्यु भएको छ । कुम्मायकको माङ्जावुङकी ४० बर्षिय डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ बर्षिय धन बहादुर लावती, फाल्गुनन्द गाँउपालीकाका बर्ष २८ का फुर्वा तामाङको पहिरोले पुरएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै मिक्लाजुङ–५ मा एकजनाको मृत्यु भएको छ । उनको सनाखत हुन सकेको छैन् । विभिन्न ठाँउमा पहिरो घर पुर्दा तथा बगाउदा मृत्युका घटना भएका हुन् । पहिरोका कारण दजर्नौ परिवार विस्तापित भएका छन् । मक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।

बाढीमा परी सुनसरीमा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

पाँचथर । लगातार रुपमा भएको बर्षाका कारण विभिन्न ठाँउमा गएको पहिरोका कारण पाँचथरमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्सपेक्टर डम्बर विश्वकर्माका अनुसार ६ जनाको मृत्य र २ जना बेपत्ता भएका छन् ।

पहिरोका कारण कोशी राजमार्ग र मेची राजमार्ग ठाँउ–ठाँउमा अवरुद्ध भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले इलामको देउमाई–फाकफोक खोलाको दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...