प्रादेशिक संचार प्रतिष्ठानमा नियुक्ति प्रती चार पत्रकारजन्य संगठनहरुको आपत्ति

 लिम्बुवान न्युज
                       

  1. दमक। प्रदेश नम्बर १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले हालै प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा गरेको नियुक्तिप्रति चार वटा पत्रकारजन्य संगठनहरुले आपत्ति जनाएका छन् ।
    नेपाल प्रेस यूनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेम मञ्च नेपालले संयुक्त विज्ञप्ति जारी गरेर सो नियुक्ति प्रक्रियाको विरोध गरेका हुन् ।
    जारी विज्ञप्तिमा भनिएको छ– कानुनतः निर्धारित समयभित्र संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजिरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको हाम्रो ठहर छ ।
    प्रेस सेन्टर नेपाल १ नं. प्रदेश समितिका संयोजक श्रीशीशा राई, नेपाल प्रेस युनियन १ नं. प्रदेश समिति सचिव धनबहादुर पुरी, समाजवादी प्रेस संगठन प्रदेश नं. १ का इन्चार्ज तीर्थ सिग्देल र प्रेस मञ्च नेपाल सङ्घीय समितिका उपाध्यक्ष एवम् प्रदेश १ इन्चार्ज कमन देवानले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पूरा गर्ने माध्यम नबनाउन र पत्रकारिताजस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न माग गरेका छन् ।
    हाल भईरहेका नियुक्ति कार्य तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न माग गर्दै विज्ञप्तिमा गलत ढंगबाट भएका नियुक्तिको प्रलोभनमा नपर्न सम्पूर्ण श्रमजीवी पत्रकारहरुमा आव्हान गरिएको उल्लेख छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...