बाढीपरिहो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो, सबैभन्दा बढी १ नं. प्रदेशमा ६५ को मृत्यु

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ५ कार्तिक । दशेको सबै प्रदेशमा छुनेगरी केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १११ जनाको मृत्यु भएको हो भने ३७ जना अझै बेपत्ता रहेका छन् । बाढीपहिरोमा सबैभन्दा बढी प्रदेश १ प्रभावित भएको छ भने सबैभन्दा धेरै ६५ को मृत्यु भएको छ त्यसैगरी अन्य प्रदेशहरु बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

त्यसैगरी प्रहरीका अनुसार ४२ जना घाइते भएका छन् उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बताएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ । बेपत्ताको खोजी कार्य तिब्र पारिएको जनाएको छ ।

बाढीको कारण हाल दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिरहँदा कुल १८६ वटा पशु चौपाय मरेको पनि प्रहरीले जनाइएको छ ।

हालसम्ममा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । त्यसैगरी बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । धनमाल के कति क्षति भयो त्यसको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...