उत्कृष्ट पाँच पुस्तकहरु ‘पहिचान पुरस्कार’को लागि छनौट

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ कार्तिक । प्रत्येक बर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि.स.२०७७ साउन देखि २०७८ साउन÷२०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरिएको हो ।

जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा विहान हिँडिरहेछ’ु, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ रहेको छ ।

यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । यसपल्ट पहिचान पुरस्कारको घोषण डिसेम्बर २०२१ मा हुने छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...