प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनु पर्ने कांग्रेसको माग

 लिम्बुवान न्युज
                       

 

विराटनगर, ७ कार्तिक । प्रदेश १ सरकारमा आलोपालो नेतृत्व हुनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने बताएका हुन् ।

आइतबार विश्वासको मतका लागि सभामुखले प्रदेशसभा बैठक बोलाएका छन् । यद्यपी फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले बैठक रोक्न निवेदन दिएको छ । त्यसैगरी एमालेले पनि कात्तिक १५ गतेसम्म बैठक रोक्न आग्रह गरेको बताइएको छ ।

संसदमा निवेदनपछि कांगेसको संसदीय दलको बैठक बस्दैछ । बैठकअघि संसदीय दलका नेता कोइरालाले बागमती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताए ।

प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...