पाँचथरमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ६१ जना घाइते

 लिम्बुवान न्युज
                       

पाँचथर, ८ कार्तिक २०७८ । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् ।

आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका ११ जनालाई थप उपचारको लागी झापा तर्फ पठाएको तथा अन्य घाईतेहरुको फिदिमका बिभिन्न अस्पतालमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...

सागर केरूङ निर्देशित लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार-०८१ जित्न सफल

ललितपुर, ३१ असार ।  लिम्बु भाषाकाे चलचित्र  ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...