
चुलाचुली, ३० असोज । संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुली गाउँपालिका अन्तर्गत २ नम्बर वडामा वडा समिति विस्तार भएको छ । खड्क देवानको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो ।
आइतबार चुलाचुली २ मा आयोजित चुनावी घरदैलो कार्यक्रममा नयाँ समिति गठन गर्दै समितिको उपाध्यक्षमा झगरसिं राई, सचिवमा डम्बर कुरुम्फोङ् लिम्बु, अर्थसचिवमा बिस्नु बि.क. चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा सुक माया काम्बाङ, नरमती लिम्बू, शंकर राई, सुबास म्याङ्बा, कल्पना सिगु, मङ्लमाया तुम्बाहाम्फे, बिमला राई, सोम बहादुर पङ्याङु, बिर्ख सिङ् सेर्मा र मनि कुमार राई रहेका छन् ।
कार्यक्रममा मञ्चका प्रान्तीय उपाध्यक्ष थाङसाङ् लावती, विष्णुमाया थापा, प्रान्तीय सचिवालय सदस्य तथा चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव), युवा नेता सचिवालय सदस्य दिपक योङहाङ् लगायत नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण चुलाचुली गाउँपालिका अध्यक्ष नरेन्द्र लेक्वाले गरेका थिए । कार्यक्रममा मंसिरका स्वतन्त्र उम्मेद्वार मञ्चकाे चुनाव चिन्ह लिएर इलाम क्षेत्र नं. २ काे प्रदेश निर्वाचन क्षेत्र २ का प्रत्यासी उम्मेद्वार विक्रम वनेमकाे समेत उपस्थिति रहेकाे थियाे ।