किवी कृषक र फलफूल व्यापारीहरुको जिल्ला स्तरीय संजाल गठन

 लिम्बुवान न्युज
                       

तेह्रथुम, असोज १५ गते । सदरमुकाम मेयङलुङ स्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा तेह्रथुम जिल्ला स्तरीय जिल्ला किवी कृषि व्यवसायी संगठन तेह्रथुम कियाचु कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा गठन कार्य सम्पन्न भएकोछ ।

तेह्रथुममा किवी व्यवसायीहरुले उत्पादन गरेको किवी फललाई व्यवस्थित तथा सामुहिक बजारीकरणको लागि कियाचु कृषि सहकारी संस्था लिमिटेडले एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको अवसरमा उक्त समिति गठन गरिएको हो ।

उक्त जिल्ला संगठनको अध्यक्ष देवी पोख्रेल उपाध्यक्ष लक्ष्मी लिम्बू सचिब तिलोचन पोख्रेल कोषाध्यक्ष चन्द्र फोम्बो सदस्यहरु बद्री ब. खड्का, सम्झना लिम्बु र बिष्णु खनाल गरि ७ सदस्यीय समिति गठन गरेको हो ।

कियाचु कृषि सहकारी संस्था र नेपाल कृषि बजार बिकास कार्यक्रम सहज नेपालको साझेदारी कार्यक्रम करिब एक महिना अगाडि सम्झौता गरि कृषि क्षेत्रको सम्भाव्यता, शीत भण्डार संचालन र बजारीकरणको कार्यक्रमहरु कियाचु कृषि सहकारी संस्थाले निरन्तर संचालन गरिरहेको छ । एक दिने अभिमुखिकरण कार्यक्रमको संस्थाका पुर्व अध्यक्ष तेजमान कन्दङवाले सहजीकरण गर्नुभएको थियो ।

विभिन्न किवी कृषकहरूको किवी खेती गर्दाका अनुभव, किवी खेतीको प्राबिधिक पक्षमा र समस्या बारे कृषकहरु संगै अन्तरक्रिया गरि यसको सम्भावना, वाली उठाउने तरिका, प्रशोधन, भण्डारण सम्बन्धि छलफल गरिएको थियो । यो कार्यक्रम करिब एघार महिना संचालन हुने संस्थाका अध्यक्ष टंकमाया लिम्बूले जानकारी गराउनु भयो ।

तेह्रथुमको उत्तरी भेगहरुमा किवी खेतीको सम्भावना बढिरहेको छ । हाल तेह्रथुममा १३० रोपनी क्षेत्रफलमा किसानहरूले किवी खेती गरेको भेटिएको छ भने तेह्रथुमबाट बार्षिक ३० टन किवी उत्पादन गरिएको तथ्यांक सहकारीले संकलन गरेको छ । त्यसैगरि तेह्रथुमका फलफूल व्यापारीहरुको पनि संजाल गठन कार्य असोज १७ गते सम्पन्न भएकोछ ।

जिल्ला स्थित फलफूल तथा तरकारी व्यापारीहरुको अवस्था र समस्या सम्बन्धि छलफल कार्यक्रम गर्दै जिल्ला फलफूल व्यवसायी संस्था पदम कार्कीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । जुन समितिको सदस्यहरुमा तारा कार्की, भुमिका सुवेदी, डोल्मा तामाङ, गंगा योञ्जन, दिल ब कार्की, रामबिलास चौधरी र निरु कार्की रहनुभएको छ ।

फलफूल व्यापारीहरु संग आफ्नो फलफूल तथा तरकारी खरिद तथा भण्डारण लगायतको बिषयमा समेत छलफल भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टंकमाया लिम्बूको अध्यक्षता तथा संचालन मेयङलुङ शीत भण्डारका व्यवस्थापक कुमारी लिम्बुले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...