कमल लावती पुनः चुम्लुङ् युएईको अध्यक्षमा निर्वाचित

 लिम्बुवान न्युज
                       


यूएई, ८ अक्टोबर । युएईको बरदुबाई स्थित सिन्ध पंजाब रेस्टुरेन्टको सभाहलमा किरात याक्थुङ् चुम्लुङ् युएईको सातौँ महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले कमल लावती लिम्बुलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै २५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन भएका छन् ।

कार्यक्रमले बरिष्ठ उपाध्यक्षमा पोबो थेबे लिम्बु, उपाध्यक्षहरुमा गोबिन्द लुम्फुवा लिम्बु, बिक्रम वजिहाङ् लिम्बु, महासचिवमा मनिषा सुब्बा, सचिवमा बुद लिङ्देन लिम्बु, कोषाध्यक्षमा सृजना लावती, सह कोषाध्यक्षमा सन्तोस माङ्देन लिम्बु, प्रवक्तामा भिमा इधिङ्गो लिम्बु र साँस्कृतिक बिभाग प्रमुखमा सिता देवी इजम लिम्बु रहेका छन् ।

यसरी नै समितिको सदस्यहरुमा श्री ३ यतिम हाङ् मेन्याङ्बो लिम्बु, दिनेस कुमार लिम्बु, मिना लिम्बु, सरु बेघा लिम्बु, राजु तुम्बापो लिम्बु, लक्ष्मी माया लिम्बु, भारती सुब्बा, दिलिप हाङ् आङ्देम्बे लिम्बु, फत्ते बहादुर कुरुम्बाङ् लिम्बु, सन्जा लिम्बु, संजय चोङ्बाङ्, सबिता नाल्बो, जितेन्द्र लिम्बु, जमुना यक्सो र नन्द कुमार यक्सो रहेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव डी. के. किरातीको प्रमुख आतिथ्य तथा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको बिशिस्ट आतिथ्यमा महाधिवेशन भएको हो । महाधिवेशनमा सांगठानिक प्रतिवेदन महासचिव मनिषा सुब्बा र आर्थिक प्रतिबेदन सचिव बुद्ध लिङ्देनले प्रतिवेदन पेश गरेका थिए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...