धरानमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) समायाजनः अध्यक्षमा खगेन्द्र आङ्बुहाङ्

 लिम्बुवान न्युज
                       


धरान, २ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) धरान नगर समायोजन भएको छ । बुधबार धरान १०स्थित पार्टी कार्यालयमा आयोजिक समायोजन कार्यक्रममा खगेन्द्र आङ्बुहाङ्को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै समायोजन गरिएको हो ।

पार्टीका उपाध्यक्ष एबी पन्धाकज्यूको प्रमुख आतिथ्यता र उपाध्यक्ष अशोक चेम्जोङ्को विशिष्ट आतिथ्यतामा भएको उक्त कार्यक्रमले उपाध्यक्षहरुमा अर्जुन खड्का, सुकमाया लिम्बु (अस्मी), प्रेम मादेन, सचिवमा पूर्ण गहतराज, सहसचिवमा राजकुमार जिमी, कोषाध्यक्षमा खेम खड्का र सह–कोषाध्यक्षमा आयुष बराइली चुनिएका छन् ।

यसरी नै सदस्यहरुमा मनिता राजधामी, नगेन्द्र बराइली, राजेश सुनुवार, राजेन्द्र लिम्बु, गोपाल तामाङ्, विनोद राई, सुनिता तेयुङ, पुनम गजमेर, ललित देवान, योगेन्द्र तामाङ्, रिता इजम, लाल बहादुर लिम्बु, विमला इजम, हरीकला लिम्बु, पृथ्वी इजम, प्रिती इजम सुब्बा, विक्रम लामा, डम्बर बहादुर श्रेष्ठ र सुरेश चौधरी रहेका छन् ।

कार्यक्रममा पार्टीका महासचिव दिलकुमार लावती, सचिव चन्द्रनारायण थारु, सहसचिवहरु पदम अधिकारी, पूर्णकला तेयुङ्, केसस रमेश गजमेर, केन्द्रीय सदस्यहरु, प्रदेश समिति, प्रान्तीय समिति र जिल्लाका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

समायोजन समितिका सदस्य केसस अमर इजमको अध्यक्षतमा भएको कार्यक्रमलाई जिल्ला अध्यक्ष देउमान लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन जिल्ला सचिव निर्मल राईले गरेका थिए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...