दमक बन्याे झापा मिडिया कपकाे विजेता

 लिम्बुवान न्युज
                       

दमक, १८ असाेज । पत्रकार मञ्च दमक झापा बुद्धशान्ति प्रेस क्लबकाे आयोजनामा भएको मिडिया कपको विजेता बनेको छ। बुद्धशान्तिमा भएकाे फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई ३–१ गोलले पराजित गर्दै पत्रकार मञ्च दमकले उपाधि हात पारेको हो।

जितसँगै दमकले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता भद्रपुरले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दमकको जितका लागि शिशिर उप्रेतीले दुई गोल गरे भने राम भेटवालले एक गोल गरे। भद्रपुरका लागि रोजन पाठकले एक गोल फर्काए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी दमकका सुशन राई, उत्कृष्ट मिडफिल्डर दमकका शिशिर उप्रेती, उत्कृष्ट गोलरक्षक दमकका चिरञ्जीवी घिमिरे, उत्कृष्ट डिफेन्डर भद्रपुरका रोजन पाठक, उत्कृष्ट प्रशिक्षक दमकका बादल माझी भए। उनीहरूलाई स्थानीय उत्पादन मुढा र रोङ गाउँपालिकाको उत्पादन गुन्द्रुक र चिया दिइएको थियो।

विजेता लगायतलाइ पुरस्कारकाे रूपमा स्थानीय उत्पादनलाइ प्रवर्द्धन गरि पुरस्कार प्रदान गरिएकाेमा कार्यक्रममा यसबारे निक्कै प्रशंसा भएकाे थियाे ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...